ad ad

ग्लोबल


अमेरिकामा कोरोनाका कारण बढेको बेरोजगारी दर क्रमशः घट्दै

अमेरिकामा कोरोनाका कारण बढेको बेरोजगारी दर क्रमशः घट्दै

नेपालखबर
असोज २५, २०७८ सोमबार ६:४२, काठमाडौँ

कोरोना भाइरसले क्षति पुर्याएको अमेरिकामा पछिल्ला समयमा भने केही सकारात्मक अवस्था देखिन थालेको छ। 

अमेरिकामा आर्थिक क्रियाकलापहरु चलायमान भएसँगै रोजगारीका अवसरहरु सिर्जना हुने र यसबाट बेरोजगारहरुको संख्या पनि घट्न थालेको छ। 

अमेरिकामा गएको सेप्टेम्बर महिनामा कम्तीमा पनि १ लाख ९४ हजार रोजगारी सिर्जना भएको छ। अमेरिकामा महामारीजन्य समस्याबाट उत्पन्न भएको बेरोजगारी दर विस्तारै घट्दै गएको देखिएको हो। 

सेप्टेम्बर महिनाको मात्र १ लाख ९४ हजार रोजगारी सिर्जना भएको अधिकारीहरुले जनाएका छन्। यसबाट कम्तीका पनि ४.८ प्रतिशत बेरोजगारी दरमा कमी आएको छ। 

अमेरिकाको श्रम विभागले विस्तारै वरोजगारी दर घट्दै गएको जनाएको छ। 

पछिल्लो समय अमेरिकामा खोपको सुनिश्चितासँगै कोरोना भाइरसको प्रकोप केही घटेको छ। बजार खुल्न थालेका छन्। 

अगष्ट महिनामा ३ लाख ६६ हजार जनाले नयाँ रोजगारी पाएका थिए। त्यसैगरी जुलाई महिनामा यो संख्या करिब १० लाख पुगेको त्यहाँको श्रम विभागले हालै प्रकाशन गरेको एक तथ्यांकमा देखाइएको छ। 

तथ्यांकअनुसार यो वर्षको औसतमा हेर्दा अमेरिकामा मासिक रुपमा पाँच लाखभन्दा बढी रोजगारी सिर्जना भएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .