ग्लोबल


४५ वर्षमा चीनको जनसंख्या आधा हुनसक्छः अध्ययन

४५ वर्षमा चीनको जनसंख्या आधा हुनसक्छः अध्ययन

नेपालखबर
असोज १५, २०७८ शुक्रबार १७:३१, काठमाडौँ

चीनको जनसंख्या पहिले सोचिएभन्दा तीव्र गतिमा कम हुने र अबको ४५ वर्षभित्र आधा हुनसक्ने एक नयाँ अध्ययनले चेताएको छ।

गत वर्ष चीनमा प्रतिमहिला जन्मदर १.३ थियो। जनसंख्या स्थिर राख्न यो दर कम्तीमा २ हुनुपर्छ। यसैका आधारमा जनसंख्या नाटकीय गतिमा कम हुने भविष्यवाणी गरिएको हो। 

हाल चीनको जनसंख्या १.४ अर्बभन्दा माथि छ। २०१९ मा संयुक्त राष्ट्रसंघले २०६५ मा चीनको जनसंख्या १.३ अर्बमा झर्ने आकलन गरेको थियो। 

गत वर्ष युनिभर्सिटी अफ वासिङ्टनका अध्येताहरुले ल्यान्सेट जर्नलमा प्रकाशित गरेको अध्ययनमा सन् २१०० मा चीनको जनसंख्या आधा हुने अनुमान गरिएको थियो।

तर, अहिले सियान च्याओतोङ युनिभर्सिटीका प्राध्यापक चियाङ छ्याङपाओको टोलीले गरेको अध्ययनले यो समस्या अझ गम्भीर हुने भविष्यवाणी गरेको हो। 

चीनमा गत वर्ष एक करोड २० लाख बच्चा जन्मिएका थियो। त्यो राष्ट्रसंघले प्रक्षेपण गरेभन्दा २५ प्रतिशत कम हो।

पछिल्लो जनगणनाबाट प्राप्त जन्मदरको तथ्यांकअनुसार यो भविष्यवाणी गरिएको हो। यो अध्ययन सियान युनिभर्सिटी अफ फाइनान्स एन्ड इकोनोमिक्सको जर्नलमा प्रकाशित छ। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad