ग्लोबल


अलकायदालाई सहयोग गरेको आरोपमा अमेरिकाले लगायो पाँच जनालाई प्रतिबन्ध

अलकायदालाई सहयोग गरेको आरोपमा अमेरिकाले लगायो पाँच जनालाई प्रतिबन्ध

अमेरिकाका राष्ट्रपति जो बाइडेन


नेपालखबर
असोज १, २०७८ शुक्रबार १०:३३, काठमाडौँ

अमेरिकी ट्रेजरी विभागले अतिवादी संगठन अलकायदालाई आर्थिक तथा यात्रा सहयोग गरेको आशंकामा टर्कीमा रहेका पाँच जनाविरुद्ध प्रतिबन्ध घोषणा गरेको छ। 

प्रतिबन्ध लगाइएका ती पाँच व्यक्ति टर्की र इजिप्टका नागरिक हुन्। 

ट्रेजरी विभागका अधिकारीले उनीहरूले अलकायदाका वरिष्ठ सदस्यहरूलाई विभिन्न किमिसका सहयोग गरेको दाबी गरेका छन्। 

ती वरिष्ठ सदस्यमा अमेरिकामा ९/११ लगायत आक्रमणमा भूमिका खेल्नेहरू पनि रहेको अमेरिकाको दाबी छ। 

उक्त प्रतिबन्धअन्तर्गत अमेरिकी क्षेत्रमा रहेका ती पाँच व्यक्तिका सबै सम्पत्ति फ्रिज गरिएको छ भने उनीहरूलाई ग्लोबल फाइनान्सियल सिस्टमबाट अलग गरिएको छ। 

यो प्रतिबन्ध अलकायदाको समर्थक नेटवर्कविरुद्ध लामो समयदेखि जारी अभियानको एक भाग हो।  

९/११ आक्रमणको कथा : ​अनि भए ११० तले ट्विन टावर केही सेकेन्डमै गर्ल्यामगुर्लुम

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .