ad ad

ग्लोबल


बुर्काविरुद्ध अफगान युवतीको विद्रोह : हेर्नुहोस् यी सुन्दर ९ तस्बिरमा

बुर्काविरुद्ध अफगान युवतीको विद्रोह : हेर्नुहोस् यी सुन्दर ९ तस्बिरमा

तालिबानको आदेशअनुसार बुर्का लगाएका महिला र त्यसविरुद्ध सामाजिक सञ्जालमा सुन्दर पोसाकमा देखिएकी युवती।


नेपालखबर
भदौ २९, २०७८ मंगलबार १७:३२, काठमाडौँ

अफगानिस्तानमा तालिबानको दमनकारी बुर्का नीतिविरुद्ध महिलाले विद्रोह अभियान सुरु गरेका छन्। 

अफनानिस्तानको सत्ता कब्जा गरेपछि तालिबानले त्यहाँका सबै महिलालाई तलदेखि माथिसम्म अनुहारसमेत ढाकिने कालो पोसाक (बुर्का) लगाउन आदेश जारी गरेको छ।

विश्वविद्यालय पढ्ने जाने युवतीले समेत बुर्का लगाउनुपर्ने नीति उसले लागू गरेको छ। 

यो पनि : ​तालिबानी शासनमा काबुल विश्वविद्यालयको पहिलो कक्षा

यसैबीच अफगान महिलाले सामाजिक सञ्जालमा विभिन्न किसिमका रंगीबिरंगी थरीथरीका पोसाक लगाएको तस्बिर राखेर बुर्काविरुद्ध विद्रोह सुरु गरेका हुन्। 

उनीहरूले किसिम किसिमका राम्रा राम्रा लुगाएर ट्विटरमा तस्बिर सार्वजनिक गरेका छन्। महिलाहरूले  #DoNotTouchMyClothes र #AfghanistanCulture​ ह्यासट्यागका साथ तस्बिर सेयर गरिरहेका छन्। 

तस्बिरका साथ धेरै महिलाले लेखेका छन्, ‘अफगान संस्कृति सुन्दर रङहरूको उत्सव हो। यसमा बुर्का र महिला दमन कहिले भएन।’

यस अभियानलाई विश्वभरका सामाजिक सञ्जाल प्रयोगकर्ताले समर्थन गरिरहेका छन्। 

हेर्नुहोस्, बुर्काविरुद्ध सामाजिक सञ्जाल अभियान थालेका अफगान महिलाका केही तस्बिर

यी पनि :

तालिबानी शासनः बुर्का, बच्चा र झन्डाका साथ शपथमा अफगान महिला

महिलाविरोधी तालिबानः अधिकार माग्नेलाई बन्दुक, विश्वविद्यालय पढ्नेलाई बुर्का

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .