ग्लोबल


उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको भोलिपल्ट अमेरिकाले भन्योः हामी दुश्मनी गर्न चाहँदैनौं

उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको भोलिपल्ट अमेरिकाले भन्योः हामी दुश्मनी गर्न चाहँदैनौं

उत्तर कोरियाका शासक किम जोङ उन र अमेरिकाका राष्ट्रपति जो बाइडेन।


नेपालखबर
भदौ २९, २०७८ मंगलबार १०:२५, काठमाडौँ

अमेरिकाले उत्तर कोरियालाई वार्ताका लागि ढोका खुलै रहेको बताएको छ। 

उत्तर कोरियाले लामो दूरीसम्म प्रहार गर्न सक्ने क्रुज मिसाइल परीक्षण गरेको एक दिनपछि अमेरिकाको यस्तो प्रतिक्रिया आएको हो।  

उत्तर कोरियाका लागि अमेरिकाका राष्ट्रपति जो बाइडेनका दूतले वार्ताका लागि ढोका खुलै रहेको बताएका हुन्। 

जापानको राजधानी टोक्योमा जापान र दक्षिण कोरियाका वरिष्ठ अधिकारीहरूसँगको एक बैठकमा बाइडेनका दूत सुङ किमले त्यस्तो बताएका हुन्। 

उनले भने, ‘हामी स्पष्ट पार्न चाहन्छौं– अमेरिका उत्तर कोरियाप्रति कुनै दुश्मनी गर्न चाहँदैन।’  

यसअघि आइतबार उत्तर कोरियाले लामो दूरीसम्म प्रहार गर्न सक्ने क्रुज मिसाइलको सफल परीक्षण गरेको बताएको थियो। उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले अनुसार शनिबार र आइतबार १५ सय किलोमिटरभन्दा पनि पर मार हान्न सक्ने दुई मिसाइलको परीक्षण सफल भएको जानकारी दिएको थियो। 

बीबीसीका अनुसार तीन देशका दूतका बीच उत्तर कोरियालाई वार्ताको टेबलमा फर्काउने विषयमा छलफल भएको थियो। साथै उनीहरूबीच आर्थिक र खाद्य संकटसँग जुधिरहेको उत्तर कोरियालाई मानवीय सहायता प्रस्तावबारे पनि छलफल भएको छ। 

स्मरणयोग्य कुरा– दुई वर्षअघि अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले उत्तर कोरियाका शासक किम जोङ उनसँग वार्ता गर्ने प्रयास गरे पनि असफल भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .