ग्लोबल


बेलायतले भन्योः युक्रेनलाई रुसमा आक्रमण गर्ने अधिकार छ, बेलायती हतियार प्रयोग गरे हुन्छ

अर्को खतरनाक बयान : रुस
बेलायतले भन्योः युक्रेनलाई रुसमा आक्रमण गर्ने अधिकार छ, बेलायती हतियार प्रयोग गरे हुन्छ

नेपालखबर
बैशाख २२, २०८१ शनिबार ८:३३, काठमाडौँ

बेलायतका विदेशमन्त्री लर्ड क्यामरुनले बेलायती हतियार कसरी प्रयोग गर्ने भन्ने युक्रेनले आफैँ निर्णय गर्ने बताएका छन्।

क्यामरुनले युक्रेनसँग रुसी भूमिमा आक्रमण गर्ने अधिकार रहेको जिकिर पनि गरे। 

युक्रेन भ्रमणका क्रममा विदेशमन्त्री क्यामरुनले बेलायतले युक्रेनलाई आवश्यक परेसम्म हरेक वर्ष तीन अर्ब युरो सहयोग गर्ने दाबी गरे। 

क्यामरुनले भने, ‘रुसले युक्रेनी भूमिमा आक्रमण गरिरहेको छ। युक्रेनले आफूलाई बचाउन के गर्नुपर्छ भनेर तपाईं बुझ्न सक्नुहुन्छ।’

रुसले भने यसको आलोचना गर्दै यसलाई ‘अर्को खतरनाक बयान’ भनेको छ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘यो सिधै युक्रेन आसपास तनाव बढाउनु हो र यसले युरोपकै सुरक्षालाई खतरामा पार्न सक्छ।’

हालै अमेरिकी संसद्‌ले पनि युक्रेनलाई ६१ अर्ब डलर बराबरको सैन्य सहायता दिने प्रस्ताव पारित गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .