ad ad

ग्लोबल


अफगानिस्तानमा ८ महिनाकी गर्भवती पूर्वप्रहरीको हत्या, छोरा भन्छन्: तालिबानले मारेका हुन्

अफगानिस्तानमा ८ महिनाकी गर्भवती पूर्वप्रहरीको हत्या, छोरा भन्छन्: तालिबानले मारेका हुन्

फाइल तस्बिर : हत्या गरिएकी गर्भवती पूर्वप्रहरी बानु निगार।


नेपालखबर
भदौ २०, २०७८ आइतबार २१:२९, काठमाडौँ

तालिबानको कब्जामा रहेको अफगानिस्तानमा ८ महिनाकी गर्भवती पूर्वप्रहरीको हत्या गरिएको छ। 

बीबीसीका अनुसार गोर प्रान्तको फिरोजकोहमा हतियारधारी समूहले महिला पूर्वप्रहरी अधिकारी बानु निगारको क्रूरतापूर्वक हत्या गरेको हो।

बानुको परिवारका अनुसार शनिबार ३ जना बन्दुकधारी उनको घरमा घुसेको थियो।

उनीहरूले आपसमा अरबी भाषामा कुरा गरेका थिए। उनीहरूले घर खानतलासी गर्दै ८ महिनाको गर्भ रहेकी ती महिला पूर्वप्रहरी अधिकारीको हत्या गरेका हुन्। 

उनका छोराले सञ्चारमाध्यमसँग भनेका छन्, ‘तालिबानले मेरी आमाको हत्या गरेका हुन्।’

उनका अनुसार हत्यापछि पनि तालिबानले बानुको टाउकोमा धेरैपटक चक्कुले हानेका थिए। 

बीबीसीका अनुसार तालिबानले भने घटनाको जिम्मा लिएको छैन। तालिबानका नेताले यस घटनाको अनुसन्धान गर्ने बताएका छन्। 

घटनापछि बानुको परिवारजन त्रसित भएका छन्। केही बोल्न सकिरहेका छैनन्। केही बोल्यो भने मारिने डर उनीहरूलाई छ। 

यो पनि :

मर्न तयार छु तर तालिबानसामु आत्मसमर्पण गर्दिनँ : अपदस्थ उपराष्ट्रपति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .