ad ad

ग्लोबल


काठमाडौंमा रूपा सुनारलाई जस्तै अमेरिकामा पनि दलितलाई भेदभाव, गरियो विरोध प्रदर्शन

काठमाडौंमा रूपा सुनारलाई जस्तै अमेरिकामा पनि दलितलाई भेदभाव, गरियो विरोध प्रदर्शन

नेपालखबर
असार २३, २०७८ बुधबार ९:७,

अमेरिका बसोबास गर्ने नेपालीबीच पनि जातीय भेदभाव र छुवाछुत भएपछि विरोध प्रदर्शन गरिएको छ।  

स्थानीय सञ्चारमाध्यमका अनुसार सनफ्रान्सिस्कोमा बसोबास गर्ने दलित युवाले अमेरिकाको स्वतन्त्रता दिवस (जुलाई ४) को अवसर पारेर विभेदविरुद्ध प्रदर्शन गरेका हुन्। 

काठमाडौंमा सञ्चारकर्मी रूपा सुनारलाई गरिएको प्रकृतिकै जातीय भेदभाव भएकाले शान्तिपूर्ण विरोध गरिएको उनीहरूले बताएका छन्। 

अमेरिकाका प्रवासी नेपाली समुदायमा जातीय विभेदका घटना बढ्दै गएको कार्यक्रमका संयोजक प्रेम परियारले बताएका छन्। नेपाली अमेरिकन परियार एसोसियसन (नापा) का अध्यक्ष सरोज परियारले अब जातीय भेदभाव सहेर नबस्ने बताउँदै यसविरुद्ध संगठित हुने प्रयास गरिएको जानकारी दिएका छन्।  

यो पनिः 

घरबेटीसहित शिक्षामन्त्रीविरुद्ध रूपा सुनारले हालिन् सर्वोच्च अदालतमा मुद्दा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .