गण्डकी


पोखराको मित्रमिलन सहकारी ठगी आरोपमा उपाध्यक्ष लम्साल पक्राउ

पोखराको मित्रमिलन सहकारी ठगी आरोपमा उपाध्यक्ष लम्साल पक्राउ

नेपालखबर
कात्तिक २०, २०८१ मंगलबार २१:४८, पोखरा

पोखराको मित्रमिलन सहकारीका बचतकर्ताको रकम अपचनल तथा ठगीमा संलग्न भएको आरोपमा उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन्। उनलाई मंगलबार साँझ कास्की प्रहरीले पक्राउ गरेको हो। 

मित्रमिलन सहकारीका सञ्चालक समितिका पदाधिकारीले बचत रकम फिर्ता नगरेका र हिनामिना गरेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको थियो। 

लम्सालसहित पोखरा महानगरपालिका वडा नं २१ का वडाध्यक्ष दीपक सुवेदीसहित ३० जनाविरुद्ध गतवर्ष मंसिरमै पक्राउ पुर्जी जारी भएको थियो।

यही संस्थाका अध्यक्ष रमण पौडेल र प्रबन्ध निर्देशक किरण अधिकारीलाई प्रहरीले यसअघि पनि बैंकिङ कसुरमै पक्राउ गरेको थियो।

सहकारीका सञ्चालक र अन्य मिलेर करिब २९ करोड रकम हिनामिना गरेको आरोप छ। अदालतमा २१ करोड बिगो दाबीसहित मुद्दा दायर भएको थियो।

सहकारी रजिष्ट्रारको कार्यालय पोखराले छानबिनको क्रममा यस सहकारीको २६ करोडभन्दा बढी रुपैयाँ हिनामिना भएको तथ्य फेला परेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad