ad ad

गण्डकी


महानगरले हटायो पृथ्वी चोकको सालिक, लिङ्देनले भने- संसारका अघि लाजमर्दो

महानगरले हटायो पृथ्वी चोकको सालिक, लिङ्देनले भने- संसारका अघि लाजमर्दो

नेपालखबर
साउन २७, २०८० शनिबार १९:१९, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले पोखरा महानगरपालिकाले पृथ्वीनारायण शाहको सालिक हटाएकोप्रति आपत्ति व्यक्त गरेका छन्।

पोखरा महानगरले मध्यरातमा महानगर प्रमुखको निर्देशनमा शाहको प्रतिमा हटाइएको भन्दै लिङ्देनले सामाजिक सञ्जालमार्फत संसारका अघि लाजमर्दो कुरा भएको टिप्पणी गरेका छन्। 

‘मध्यरातमा त्यो पनि महानगर प्रमुखको निर्देशनमा बडामहाराजाधिराज पृथ्वीनारायण शाहको प्रतिमा हटाउनु दुस्खद् र निन्दनीय छ,’ उनले भनेका छन्, ‘जसको नेतृत्वमा हामीले नेपाली नाम र पहिचान प्राप्त गरायौं तीनै राजाको प्रतिमा हटाउनु, तोडफोड गर्नु संसारका अघि लाजमर्दो कुरा हो।’

साथै, उनले उक्त प्रतिमा तत्काल पुनःस्थापना गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन्।

‘पोखराको पृथ्वी चोकबाट हटाइएको प्रतिमा तत्काल पुनःस्थापना गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ लिङ्देनले भनेका छन्।

पोखरा महानगरले भने महानगरभित्रका सालिकहरू व्यवस्था सर्वपक्षीय बैठकले गरेको निर्णय अनुसार भएको बताएको छ। 

शुक्रबार बसेको सो बैठकले महानगरपालिकाभित्र सडकमा रहेका सबै सालिकहरूको व्यवस्थापन गर्ने निर्णय गरेको थियो। 

 महानगरमा क्रियाशील राजनीतिक दलहरू, सरकारी निकाय तथा सरोकारवाला संघसंस्थाहरुसँग आवश्यक समन्वय गरी एक महिना भित्र स्थानान्तरण/व्यवस्थापन गर्ने निर्णय भएको थियो। 

एक महिना भित्र सडकमा रहेका सबै सालिकहरूको व्यवस्थापन गरिने महानगरले जनाएको छ। 

पोखरा महानगरपालिकाले पोखरामा चोकहरूमा रहेका सालिकहरूको व्यवस्थापन पोखरा १८ स्थित विभूति पार्कमा गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .