गण्डकी


कारबाही हुँदा पनि स्कुल बस चालकले छाडेनन् मापसे, थप ५ जना पक्राउ

कारबाही हुँदा पनि स्कुल बस चालकले छाडेनन् मापसे, थप ५ जना पक्राउ

फाइल फोटो


नेपालखबर
फागुन ५, २०८२ मंगलबार २०:५२, पोखरा

कास्की प्रहरीले मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने थप ५ जनालाई पक्राउ गरेको छ।

सोमबार ५ जनालाई पक्राउ गरेको प्रहरीले मंगलबार चेकजाँचको क्रममा थप ५ जना चालकले मादक पदार्थ सेवन गरेको भेटेको हो। 

पक्राउ पर्नेमा रत्नज्योति बोडिङ स्कुलका बस चालक पर्वत घर भइ पोखरा ८ बस्ने गोविन्द क्षेत्री, केफ स्कुलका बस चालक पोखरा १६ बाटुलेचौरका सर्वजीत रेग्मी, गुरुकुल विद्यासदनका चालक पर्वत घर भइ पोखरा ९ बस्ने दलबहादुर सुनार, चितवन घर भइ हाल पोखरा ११ बस्ने इमानुयल स्कुलका बस चालक मनबहादुर तामाङ र गण्डकी बोर्डिङ स्कुलका बस चालक रोनिश खनाल रहेका छन्।

उनीहरूमाथि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कास्कीले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad