लामो रस्साकस्सीपछि एमाले कास्कीले ११ औं महाधिवेशनको लागि प्रतिनिधि टुंग्याएको छ। १ सय २२ जनाको उम्मेवारी परे पनि सर्वसम्मतिको नाममा यहाँ उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य एवं गण्डकी एमाले संसदीय दलका नेता खगराज अधिकारी पक्षले भागबण्डा गर्दै आफू अनुकूलका व्यक्तिलाई नै प्रतिनिधि तोकेका हुन्।
जस अनुसार कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट वैनबहादुर क्षेत्री, वेदबहादुर गुरुङ, दर्शन लामा, टीकाराम पँगेनी खुलातर्फबाट र नवराज ओझा युवाबाट प्रतिनिधि बनेका छन्। यीमध्ये वैनबहादुर एमाले कास्कीका अध्यक्ष हुन्। वेदबहादुर गण्डकीका सभासद, दर्शन एमाले कास्की सचिव र नवराज रुपा गाउँपालिका अध्यक्ष हुन्।
महिलातर्फबाट रक्षा भट्टराई र विजया सुवेदी प्रतिनिधि बनेका छन्। क्षेत्र नम्बर २ बाट तेजनारायण अधिकारी,रामप्रसाद खनाल र भेषराज बराल र रश्मी आचार्यको नाममा सहमति बनेको छ। युवामा विजय पौडेल र महिलामा हीरा गिरी र सिर्जना शर्मा प्रतिनिधिको रुपमा आएका छन्।
क्षेत्र नम्बर ३ बाट माधव बास्तोला,दीपक पौडेल, जगन्नाथ बास्तोला, लालबहादुर परियार,युवामा भरतमान गुरुङ र महिलामा गीता विश्वकर्मा र शोभा पहारीलाई प्रतिनिधि चयन गरिएको छ। क्षेत्र नम्बर ३ का माधव यसअघि कास्की अध्यक्षमा पराजीत उम्मेदवार हुन् भने दीपक पौडेलको अघिल्लो चुनावमा अन्तिममा आएर मेयरको टिकट काटिएको थियो। जगन्नाथ चाहिँ यसअघिका गाउँपालिका अध्यक्ष हुन्। उत्पीडित क्लष्टरबाट दानबहादुर विक र प्रेम विक प्रतिधिनि बनेका छन्।
सर्वसम्मतिको लिष्ट तयार पार्न स्थायी कमिटी सदस्य खगराजसहित केन्द्रीय सदस्यहरु कृष्ण थापा,भीम कार्की र कास्की अध्यक्ष वैनबहादुरसहितको टोलीबीच लामो छलफल भएको थियो। शनिबार साँझ नै नामको टुंगो लागे पनि क्षेत्र नम्बर ३ बाट संस्थापन पक्षसँग असहमति राख्ने माधवसहितको नाम आएपछि त्यसमा खगराज पक्षले असहमति जनाएको थियो।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्षसमेत रहेका नेता संजिवबहादुर कोइरालाले पनि यो निर्णयप्रति असन्तुष्टि जनाउँदै लिखित रुपमै प्रक्रियाअर्थात् चुनाव हुनुपर्ने माग गरेका थिए।
उनले सहमतिको नाममा भएको निर्णयप्रति असन्तुष्टि जाहेर गर्दै बुझाएको निवेदनसहित सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘ हाम्रो पार्टी कति लोकतान्त्रिक छ १ मेरो निवेदन खोस्टो बनाइदिनु भएकोमा क।भेषराज बराल,क।कृष्ण थापा्,क।जगत बिक र क।खगराज अधिकारीज्यूलाई हार्दिक बधाइ तथा उज्ज्वल भविष्यको शुभकामना!’
सहमतिमा प्रतिनिधि चुनिँदा गण्डकीबाट एमालेको प्रतिनिधित्व गर्ने दामोदर बैरागी र मनबहादुर गुरुङ, प्रदेश सांसदहरु गणेशमान गुरुङ,देवका पहारी,राजकुमारी भुजेल,नन्दकला नेपाली र अन्नपूर्ण गाउँपालिका प्रमुख विष्णु केसी पनि बाहिर परेका छन्।
यता, हिजो पृथ्वीसुब्बा पक्षधर भनेर चिनिएको समूह भने प्रतिनिधि चयनमा सन्तुष्ट देखिएको छ। ‘अहिलेका प्रतिनिधि ७० प्रतिशत हाम्रा हुन्,सहमति हुँदा ठीकै भएको छ,’ सो पक्षधर एक नेताले भने।
अहिले प्रतिनिधि बनेकामध्ये ५० प्रतिशत विद्या भण्डारीको सदस्यता नवीकरण पक्षधर भएको पनि उनले बताए। पृथ्वीसुब्बा र खगराज पक्षधर नेताहरुले गण्डकीबाट केन्द्रीय पदाधिकारी वा केन्द्रीय सदस्यमा जो उठे पनि अहिले चुनिएका प्रतिनिधिले सघाउने सहमति गरेपछि सर्वसम्मत लिष्ट तयार भएको एमालेका एक नेताले बताए।
गोर्खामा भएको चुनावबाट क्षेत्र नम्बर १ को खुलातर्फ मोहन भट्टराई र विशाल थापा, युवामा प्रविण अधिकारी र महिलनामा मीना बराम चुनिएकी छन्। क्षेत्र नम्बर २ को खुलामा प्रेम गुरुङ, र बाबुराम थापा, युवामा सुमन श्रेष्ठ र महिलामा शान्ति चापागाईं निर्वाचित हुँदा उत्पीडितबाट कृष्ण नेपाली चयन भएका छन्।
खुल्लातर्फको प्रतिनिधिका लागि क्षेत्र नं। १ बाट मनोज जोशी, मोहन भट्टराई, धनेन्द्र धमला, विशाल थापा र सन्तबहादुर गुरुङले उम्मेद्वारी दिएका थिए। त्यस्तै सोही पदका लागि क्षेत्र नं। २ बाट प्रेमबहादुर गुरुङ, बाबुराम थापा, ओमबहादुर बराकोटी, वसन्त गुरुङ र टेकबहादुर रानाले उम्मेद्वारी दिएका थिए।
महिलातर्फ क्षेत्र नं। १ बाट नानीमाया थापा र मीना बरामु, क्षेत्र नं २ बाट शान्ति चापागाईँ र गम्भीरा बराकोटीले उम्मेदवारी दिएका थिए।युवा प्रतिनिधिका लागि क्षेत्र नं। १ बाट प्रवीण श्रेष्ठ, प्रवीण अधिकारी, शैलेश लामिछाने र सञ्जित श्रेष्ठको उम्मेद्वारी परेको थियो।
क्षेत्र नं २ बाट प्रकाश न्यौपाने र सुमन श्रेष्ठको उम्मेदवारी परेको थियो। त्यस्तै दलित निर्वाचन क्षेत्रबाट कृष्ण नेपाली निर्वाचित भएका छन्। दलित निर्वाचत क्षेत्रकाका लागि काजिराम रोका, कृष्णबहादुर नेपाली र सचिन रोकाको उम्मेदवारी परेको थियो।
तनहुँ क्षेत्र नम्बर २ मा खुलातर्फ श्रीप्रसाद श्रेष्ठ र राजेश्वर ढकाल, महिलामा विर्सना श्रेष्ठ र विष्णुमाया पराजुली, युवामा उज्ज्वल खनाल चुनिएका छन्। क्षेत्र नम्बर १ मा चाहिँ चुनाव भएको थियो। तर, मतगणनाको क्रममा त्यहाँ दुई पक्षबीच हातहाल हुँदा गणना कार्य स्थगित भएको छ।
पर्वतबाट खुलातर्फ गोविन्द पहाडी, राजुप्रसाद पौडेल, पदमपाणि शर्मा, इश्वरीप्रसाद भुषाल, देवेन्द्रराज पाण्डे र शिव पौडेल प्रतिनिधिको रुपमा मनोनित बनेका छन्। युवामा विमल लामिछाने, महिलामा हीराकुमारी शर्मा, कमला पन्त, हेमकुमारी अधिकारी र यामकुमारी राना रहेका छन्।
उत्पीडिततर्फ विष्णुराम बिक, निर्मल नेपाली र शर्मिला नेपालीलाई चयन गरिएको छ। यहाँ केन्द्रीय निर्देशन अनुसार नै सर्वसम्मतिमा नाम टाँसिएको हो। त्यसमा एमाले पर्वतको दुई कार्यकाल अध्यक्ष रहेका तथा प्रदेश सांसद र मन्त्री बनिसकेका विकास लम्सालको नाम छैन। उनले आफूलाई बाहिर राख्न सहमतिको नाममा षड्यन्त्र गरेको गुनासो गरेका छन्।
म्याग्दीबाट खुलातर्फ बालकृष्ण सुवेदी र हरिकृष्ण गौतम, युवामा प्रकाश पौडेल,दलितमा खरमाया बिटालु र महिलातर्फ थमसरा पुन र यसुदा रोका सर्वसम्मत प्रतिनिधि चयन भएका एमाले गण्डकीका सचिव धनञ्जय दवाडीले जानकारी दिए।
नवलपुर क्षेत्र नम्बर १ मा भएको चुनावबाट नरदेव न्यौपाने, भीमलाल कँडेल,मुक्तिराम पाण्डे र रोशन गाहा मगर खुलाबाट निर्वाचित बनेका छन्। खुलामा १२ जनाले प्रतिस्पर्धा गरेका थिए। युवामा इञ्जिनियर दीपेन्द्र सुनारी र विद्रोही गिरीबीच प्रतिस्पर्धा हुँदा सुनारी विजयी बने। महिलामा ४ जना प्रतिस्पर्धी हुँदा कोपिला पौडेल र पार्वता तिवारी विजयी बने।
नवलपुर क्षेत्र नम्बर २ को निर्वाचनबाट बाबुराम पाण्डे,भिमलाल अधिकारी, भेषबहादुर अधिकारी, रोशन थापा, कृष्ण गैरे, फुलकुमारी थनेत र बालु पुरी विजयी बनेका छन्। मुस्ताङमा सहमतिको प्रयास जारी रहेको एमाले गण्डकीका सचिव धनञ्जय दवाडीले जानकारी दिएका छन् भने लमजुङमा भएको चुनावको परिणाम यो समाचार तयार पार्दासम्म आइसकेको छैन।
एमालेको ११ औं महाधिवेशनको लागि प्रतिनिधि छान्न गण्डकीमा ३ जिल्लामा मात्र निर्वाचन भएको छ। नवलपुर,गोर्खा र लमजुङबाहेकका ८ जिल्लामा चाहिँ सर्वसम्मत प्रतिनिधि चयन भएको एमाले गण्डकीले जनाएको छ। बागलुङमा सहमतिको नाममा क्षेत्र नम्बर १ बाट खुलामा हीराबहादुर खत्री, गणेश थापा र लालबहादुर थापा चयन भए।
महिलातर्फ ममतादेवी शर्मा र सरस्वती खड्का परियार चयन हुँदा युवाबाट सिर्जना पन्त सर्वसम्मत भइन्। क्षेत्र नम्बर २ बाट खुलामा भीमप्रसाद शेरचन ‘सुनिल’ र टंक पौडेल, महिलातर्फ करमती पुन र युवातर्फ दानबहादुर श्रीस सर्वसम्मत चयन भएका छन्।
दलित क्लस्टरमा धनबहादुर परियार सर्वसम्मत बनेका छन्। ११ जना प्रतिनिधि चाहिनेमा ३९ जनाले मनोनयन दर्ता गराएका थिए।
स्याङ्जा संघीय निर्वाचन क्षेत्र नं। १ मा खुला तर्फ नारायण प्रसाद मरासिनी, सुधीरकुमार पौडेल, महेश पुरी र चुनप्रसाद शर्मा प्रतिनिधि बनेका छन्। महिलाबाट चिनमाया गुरुङ र तारा शर्मा तथा युवा प्रतिनिधिमा अमृत नेपाली चयन भएका छन्।
यस्तै, क्षेत्र नं २ मा खुलाबाट सूर्यप्रसाद गैह्रे (पारस), रामचन्द्र भट्टराई र खिमबहादुर थापा चयन भएका छन्। महिलाबाट खगीसरा थापा, भीमा बराल थापा र ४० वर्षमुनिका युवाबाट विश्वनाथ अर्याल प्रतिनिधि बनेका छन्। दलित समुदायबाट मेघबहादुर सार्की र तिलकराम नेपाली चयन भएको नेकपा एमाले स्याङ्जाले जनाएको छ।
मनाङबाट खुलातर्फ कप्ली गुरुङ र चिनबहादुर घले तथा युवातर्फ मदन गुरुङ,दलिततर्फ शान्तामाया परियार,महिलातर्फ रत्नकुमिर गुरुङ प्रतिनिधि बनेका छन्। नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने तय भएको छ।
Shares

प्रतिक्रिया