गण्डकी


पोखरामा एक थुङ्गा सयपत्रीको मूल्य ५ रुपैयाँः पहिले बीउमा अनुदान, तिहारमा बजार र मूल्य

पोखरामा एक थुङ्गा सयपत्रीको मूल्य ५ रुपैयाँः पहिले बीउमा अनुदान, तिहारमा बजार र मूल्य

फाइल फोटो


नेपालखबर
असोज ३१, २०८२ शुक्रबार २०:२१, पोखरा

पोखरा महानगरपालिकाले तिहारको समयमा अत्यधिक माग हुने स्थानीय सयपत्री फूलको बिक्री स्थान तथा मूल्य तोकेको छ।

महानगरको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार सयपत्री फूलमा आत्मनिर्भर रहेको पोखराका विभिन्न स्थानहरूमा उत्पादन भएका सयपत्री फूलहरूको ग्रेडिङ गरी ‘ए’, ‘बी’ र ‘सी’ फूलको आकार अनुसार मूल्य तोकिएको हो।

‘ए’ ग्रेड १५ देखि २० ग्राम प्रति थुङ्गा फूलको मूल्य ५, प्रति माला १५० र प्रतिकेजी ३ सय देखि ४ सय रुपैयाँ तोकिएको छ। यस्तै ‘बी’ ग्रेड १० देखि १५ ग्राम प्रति थुङ्गा फूलको मूल्य ४, प्रति माला १३० र ‘सी’ ग्रेड ५ देखि १० ग्राम प्रति थुङ्गा फूलको मूल्य रु२, प्रति माला रु।१०० रुपैयाँ तोकिएको छ।

उनका अनुसार पोखरा महानगरपालिकाका करिब २५ बढी स्थानहरूमा स्थानीय सयपत्री फूलको बिक्री स्थल पनि तोकिएको छ। तोकिएका स्थानहरूबाट यही कात्तिक ३,४ र ५ गते सयपत्री फूलहरू खरिद गर्न सकिने छ। 

पोखरा महानगरपालिकाको सहयोगमा करिब ३ सय रोपनीमा सयपत्री फूल खेती भइरहेको छ। यस वर्ष ३ लाख माला उत्पादन हुने र करिब ३ देखि ४ करोडको कारोबार हुने अनुमान गरिएको छ।

विगत ३ वर्ष देखि निरन्तर बीउमा अनुदान तथा बजारीकरणमा सहजीकरण गर्दै आएको पोखरा महानगरपालिकाले कृषकहरूलाई न्यूनतम समर्थनमूल्य समेत प्रदान गर्दै आइरहेको छ। 

नगर प्रमुख धनराज आचार्यले स्थानीय सयपत्री फूलमा पोखरा महानगरपालिका आत्मनिर्भर भइसकेकाले प्लास्टिकका फूलमालाहरु बिक्री वितरण नगर्न अनुरोध गरेको छ।

नगर क्षेत्रमा नै उत्पादन भएको स्थानीय सयपत्री फूलले नै यस वर्षको दीपावली मनाउन उनले आग्रह गरे। कृषकहरूको मनोबल उच्च बनाउनका लागि मल, बीउ, उत्पादनको बजारीकरण र समर्थनमूल्यमा समेत सहयोग गर्दै आइरहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad