गण्डकी


ध्वस्त संरचना पुनर्निर्माणका लागि कांग्रेस गण्डकी संसदीय दलले १० लाख प्रदान गर्ने

ध्वस्त संरचना पुनर्निर्माणका लागि कांग्रेस गण्डकी संसदीय दलले १० लाख  प्रदान गर्ने

नेपालखबर
असोज २, २०८२ बिहिबार २२:२२, पोखरा

नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले जेनजी आन्दोलनको क्रममा भएको सरकारी कार्यालय पुनर्निर्माणको लागि पुनर्निर्माण कोष स्थापना गर्न सरकारसँग माग गरेको छ।

कांग्रेस संसदीय दलले सो कोषका निम्ति कांग्रेस संसदीय दलको तर्फबाट १० लाख  प्रदान गर्ने निर्णय पनि गरेको छ।  

कांग्रेस गण्डकीको संसदीय दलले सरकारलाई अझ जनमैत्री र उत्तरदायी हुन आग्रह गरेको छ।

संसदीय दलका नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बिहीबार बसेको बैठकले जेनजी आन्दोलनले उठाएका विषयहरुलाई समर्थन गरेको छ।

यस्तै, संविधान बचाउन राष्ट्रपतिले खेलेको भूमिकाको कांग्रेस संसदीय दलले प्रशंसा गरेको छ भने आन्दोलनको बेला कांग्रेस सभापति शेरबहादुर देउवामाथि भएको भौतिक आक्रमण तथा निजी  र सरकारी सम्पत्तिमाथि भएको आक्रमणको निन्दा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad