गण्डकी


बन्दीपुरमा चितुवा समात्न प्राविधिक टोली परिचालन

चितुवाको आक्रमणबाट ८ वर्षमा १६ बालबालिकाको मृत्यु
बन्दीपुरमा चितुवा समात्न प्राविधिक टोली परिचालन

फाइल तस्बिर


नेपालखबर
जेठ ३०, २०८२ शुक्रबार १३:२२, तनहुँ

तनहुँको बन्दीपुर गाउँपालिकामा पछिल्ला दुई महिनामा चितुवाको आक्रमणबाट दुई जना बालबालिकाले ज्यान गुमाएका छन्। 

चितुवाको आक्रमण बढ्दै गएपछि चितुवा समात्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ‘डार्टिङ’ टोली परिचालन गरेको जिल्ला डिभिजन वन कार्यालयले जनाएको छ।

बन्दीपुर गाउँपालिका–२ कुवादी र आसपासका क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको सहभागितामा टोली  परिचालन भएको हो। डिभिजन वन कार्यालयका प्रमुख शरद् अधिकारीले जानकारीका अनुसार टोलीले चितुवालाई नियन्त्रणमा लिएर स्थानान्तरण गर्नेछ।

तनहुँका भानु, बन्दीपुर र आँबुखैरेनी क्षेत्रमा चितुवा आतङ्क बढी छ। तनहुँ जिल्लामा आठ वर्षमा १६ बालबालिकाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ। 

गत सोमबार साँझ घरको आँगनमा खेलिरहेका बन्दीपुर गाउँपालिका–२ कुवादीका छ वर्षीय उत्सव गुरुङको पनि चितुवाको आक्रमणबाट मृत्यु भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad