पोखरा महानगरपालिका-१५ स्थित वन विज्ञान अध्ययन संस्थाननेर आज सोमबार बिहान पुरुष मृत भेटिएका छन्।
क्याम्पसको पर्खालसँग जोडिएको सडकमा सोमबार सबेरै एक पुरुषको शव भेटिएको कास्की प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।
अन्दाजी ३०/३५ वर्षको देखिने शवसँगै हतौडा भेटिएको छ।
प्रहरीले ती व्यक्तिको हत्या भएको प्रारम्भिक अनुमान गरेको छ।
शवको सनाखत हुन सकेको छैन। शवसँग परिचय खुल्ने कुनै कागजात नहुँदा यो अवस्था आएको हो।
स्थानीयले पनि शवको पहिचान गर्न नसकेको प्रहरीको भनाइ छ।
पोस्टमार्टमको रिपोर्टपछि मात्र घटनाको वस्तृत जानकारी प्राप्त हुने डीएसपी बस्नेतले बताए।
सडकमा बिहानै शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
684
Shares

प्रतिक्रिया