गण्डकी

ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

नेपालखबर
जेठ १२, २०८२ सोमबार २०:३२, पोखरा

कास्की जिल्ला अदालतले ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्वासेको इजलासले सोमबार उनलाई पोखराकै इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन प्रकरणमा थुनामा पठाउने आदेश गरेको हो।

इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पक्राउ परेका उनी हाल बागलुङ कारागारमै छन्।

नेपाली संस्थापक रहेको इमेजको बागलुङमा मात्र नभइ पोखराको सिर्जनाचोकमा पनि शाखा थियो। जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले इमेज सहकारी पोखराबाट नेपालीले ५७ करोड ३५ लाख ८४ हजार रुपैयाँ हिनामिना गरेको आरोप लगाएको छ। इमेज ठगी अभियोगमा नेपालीसहित १५ जनाविरुद्ध सरकारी वकिलको कार्यालयले अभियोग पत्र दर्ता गरेको थियो।

बहुचर्चित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पनि जोडिएका उनलाई जिल्ला अदालत कास्कीले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। गत बिहीबार न्यायाधीश कृष्णजंग शाहको इजलासले नेपालीलाई २० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो। तर, बागलुङ कारागारमा रहेका उनले धरौटी बुझाएका छैनन्। 

नेपालीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २०८१ असोज ११ गते भारतको दिल्लीबाट पक्राउ गरी नेपाल ल्याएको थियो। दिल्लीबाट ल्याएर बागलुङ पठाइएका नेपाली जिल्ला अदालत बागलुङको आदेशले कारागारमा रहेका हुन्।

नेपाली संस्थापक रहेको इमेजको बागलुङमा मात्र नभइ पोखराको सिर्जनाचोकमा पनि शाखा थियो। जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले इमेज सहकारी पोखराबाट नेपालीले ५७ करोड ३५ लाख ८४ हजार रुपैयाँ हिनामिना गरेको आरोप लगाएको छ। इमेज ठगी अभियोगमा नेपालीसहित १५ जनाविरुद्ध सरकारी वकिलको कार्यालयले अभियोग पत्र दर्ता गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad