गण्डकी


रातिको समय मादी नदी पुलबाट जिप खस्दा ३ जनाको मृत्यु, चालकसहित २ घाइते

रातिको समय मादी नदी पुलबाट जिप खस्दा ३ जनाको मृत्यु, चालकसहित २ घाइते

शनिबार राति मादी नदी पुलबाट खसेको जिप। तस्बिर : रासस


नेपालखबर
जेठ ११, २०८२ आइतबार ७:५२, दमौली (तनहुँ)

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका ३ र ४ जोड्ने मादी नदी पुलबाट गएराति जिप खस्दा तीन जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीका अनुसार दुर्घटनामा तनहुँकै व्यास नगरपालिका-५, पाटन बस्ने अन्दाजी ३५ वर्षीय प्रवीण थापा मगर, सोही ठाउँका २२ वर्षीय कुमार थापा र २०/२२ वर्षका कुशल थापाको मृत्यु भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा जिप चालकसहित २ जना घाइते पनि भएका छन्। 

चालक व्यास नगरपालिका-४ बस्ने २५ वर्षीय रोहित गुप्ता र वीरगन्ज घर भई दमौली बस्ने २० वर्षीय धीरज रौनियार घाइते भएका हुन्।

घाइतेमध्ये धीरजलाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जानकरी दिएको छ।

दुर्घटनाका घाइतेलाई नेपाल प्रहरी र नेपाली सेनाले  उद्धार गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad