गण्डकी


युवा संघको महाधिवेशन उद्घाटन गर्न प्रधानमन्त्री ओली पोखरा आउँदै

युवा संघको महाधिवेशन उद्घाटन गर्न प्रधानमन्त्री ओली पोखरा आउँदै

फाइल तस्बिर


नेपालखबर
जेठ ८, २०८२ बिहिबार २०:१, पाेखरा

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली भोलि पोखरा आउँदैछन्। 

एमालेको भातृ संगठन युवा संघको दशौंं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सहभागिता जनाउन अध्यक्ष ओली पोखरा आउन लागेका हुन्। युवा संघको दशौँ महाधिवेशन शुक्रबारबाट पोखरामा सुरु हुँदैछ। 

ओली बिहान ११ः३० मा पोखरा ओर्लंदा महासचिव शंकर पोखरेल, उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि महाधिवेशनमा सहभागिता जनाउने छन्। 

एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीका अनुसार महाधिवेशनमा सहभागिता जनाउन जनसंगठन समन्वय संयन्त्र प्रमुख एवं स्थायी कमिटी सदस्य भानुभक्त ढकाल पोखरा आइसकेका छन्। 

युवा संघ नेपाल कास्की सचिव हिमाल गुरुङका अनुसार  महाधिवेशनबाट अध्यक्ष, २ जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ४ जना सचिवसहित १ सय ५१ सदस्यीय कमिटी चयन हुनेछ।  

जेठ ११ सम्म चल्ने महाधिवेशनका लागि देशभरबाट करिब २ हजार जना प्रतिनिधि पोखरा आउने युवा संघले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad