म्याग्दीको रघुगंगा गाउँपालिका–३ स्थित कालिगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता किशोरको शव सशस्त्र प्रहरी बलको गोताखोरले फेला पारेको छ।
रघुगंगा गाउँपालिका–३ मा बस्ने १५ वर्षीय निरज मल्ल पौडी खेल्ने क्रममा यही जेठ ३ गते नदिमा डुवेर बेपत्ता भएका थिए।
सशसत्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले उनको शव सोमबार दिउसो साढे १२ बजे करिब १५ फिट गरिहाईबाट निकालेको हो।
उनको खोजीकार्यको लागि नं. २४ कालिका गण कास्कीबाट सोमबार बिहान ४ जना गोताखोर र ५ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित १९ जनाको टोली परिचालन भएको थियो।
69
Shares

प्रतिक्रिया