गण्डकी


रवि लामिछानेसमेत जोडिएको मुद्दामा थुनछेक बहस सुरु

रवि लामिछानेसमेत जोडिएको मुद्दामा थुनछेक बहस सुरु

नेपालखबर
पुस १६, २०८१ मंगलबार १४:३८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत जोडिएको पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा मंगलबार दिउँसो थुनछेक बहस सुरु भएको छ। 

जिल्ला अदालत कास्कीमा मंगलबार साढे १ बजेसम्ममा सबै प्रतिवादीको बयान सकिएको हो। त्यसपछि साढे २ बजे थुनछेक बहस सुरु भएको जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालले बताए। 

पक्राउ परेका ७ जना प्रतिवादीकै बयान न्यायाधिश नितिज राईको इजलासमा सकिएपछि थुनछेक बहस सुरु भएको हो।

अभियोजन पक्ष सरकारी वकिलका तर्फबाट अधिवक्ता सुजाता पौडेलले बहस सुरु गरेकी हुन्।

यसपछि प्रतिवादीका तर्फबाट बहस हुनेछ। पुनः अभियोजन पक्षले जवाफी बहस गरेपछि थुनछेक आदेश आउने छ।

लामिछानेसहित पूर्वडीआईजी छविलाल बन्जाडे जोशी, लीला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङलाई अभियोगपत्रसाथ उपस्थित गराइएको छ। आरतीको भने मंगलबार नै बयान गराइएको थियो। 

विभिन्न संस्थासहित ४४ जना प्रतिवादी बनाइएकामा सहकारी ठगीमा ३१ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूबाट एक अर्ब ५१ करोड ४० लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ।

यस्तै यीमध्ये रविसहित १९ जनालाई संगठित अपराध, ४ जनालाई सम्पत्ति शुद्धीकरण र २ जनालाई क्रिप्टोको कसुरमा समेत अभियोगपत्र दायर गरिएको छ। रवि पत्नी निकितासहित ५ जनालाई सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad