गण्डकी


पोखरामा ‘अन्तर्राष्ट्रिय हट एयर बेलुन महोत्सव’ सुरु

पोखरामा ‘अन्तर्राष्ट्रिय हट एयर बेलुन महोत्सव’ सुरु

नेपालखबर
पुस ९, २०८१ मंगलबार २१:१३, पोखरा

पोखरामा मंगलबारदेखि ‘अन्तर्राष्ट्रिय हट एयर बेलुन महोत्सव २०२४’ सुरु भएको छ।    

बेलुन नेपाल प्रालि र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजना एवं पोखरा महानगरपालिकाको प्रवर्द्धनमा आयोजित महोत्सव अङ्ग्रेजी नयाँ वर्ष २०२५ को पहिलो दिनसम्म चल्नेछ। महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पान्डेअले उद्घाटन गरे।

महोत्सवमा नेपालसहित स्पेन, फ्रान्स, लिथुवानिया, मलेसिया, जापान, अस्ट्रेलिया, अमेरिका, अस्ट्रिया, कोरिया, इटली, युके, लाओस, जर्मनी, भारत, दुबई, नेदरल्यान्ड, थाइल्यान्ड, बेल्जियमलगायत देशका हट एयर पाइलटहरूले बेलुन उडाइरहेका छन्। पछिल्लो समय पोखराको पर्यटनमा नयाँ आयामका रूपमा एयर बेलुन स्थापित हुँदै गइरहेको छ।

पोखरा २३ र २४ मा पर्ने फेवा फाँअन्तर्गतको लौरुकदेखि चंखपुरसम्मको तीन किलोमिटर क्षेत्रमा हट एयर बेलुनको उडान हुनेछ। महोत्सव अवधिभर दैनिक बिहान र साँझ गरी पोखराको आकाशमा १७ वटा आकर्षक बेलुनहरू उड्नेछन्। पाँच हजार फिट माथिसम्म उडान गर्ने बेलुनहरू करिब ४० मिनेट आकाशमा हुनेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad