गण्डकी


रविविरुद्ध मुद्दा दर्ता हुँदै गर्दा सञ्चारमन्त्रीले भनेः संसदीय विशेष समितिको प्रतिवेदनअनुसार कारबाही

रविविरुद्ध मुद्दा दर्ता हुँदै गर्दा सञ्चारमन्त्रीले भनेः संसदीय विशेष समितिको प्रतिवेदनअनुसार कारबाही

पत्रकार महासंघ कास्कीको पदस्थापन कार्यक्रममा मन्तव्य राख्दै सञ्चारमन्त्री गुरुङ


नेपालखबर
पुस ७, २०८१ आइतबार ११:५०, काठमाडौँ

सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले भ्रष्टाचारमा डामिएका जो कोही भए पनि कारबाही हुने बताएका छन्।

आइतबार नेपाल पत्रकार महासंघ कास्कीको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा उनले मुलुकमा भ्रष्टाचार र अराजकता मौलाएको बताए। 

'ढिलो चाँडो हो, सबैमाथि कारबाही प्रक्रिया अगाडि बढ्छ, अनुसन्धान हुन्छ। त्यो हामी सत्तामा रहेका दलका नेता नै किन नहुन्', उनले भने, 'मुलुक भ्रष्टाचार र अराजकता मौलाएकै छ, मैले नभनेर हुन्छ र?'

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध संसदीय विशेष समितिले दिएको प्रतिवेदनअनुसार नै कारबाही अगाडि बढेको जिकिर पनि गरे।

उनले यस्तो बताइरहँदा अहिले कास्की जिल्ला अदालतमा रविलाई उपस्थित गराइएको छ र उनीविरुद्ध सहकारी ठगी संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ताको प्रक्रिया चलिरहेको छ। 

एमाले सांसद सूर्य थापाको संयोजकत्वमा गठित संसदीय छानबिन विशेष समितिले रवि लामिछानेले सहकारीबाट आएको पैसा गोरखा मिडिया नेटवर्कमार्फत अपचलन गरेको ठहर गर्दै कारबाहीका लागि सरकारलाई सिफारिस गरेको थियो। 

सञ्चारमन्त्री गुरुङले सरकार फेरिरहँदा नीतिगत अस्थिरता उत्पन्न हुने र त्यसले भ्रष्टाचार बढाउने गरेको बताए। 

राजनीतिक स्थायित्वका लागि नै अहिले दुई दल मिलेर सरकार बन्ने दुर्लभ घटना भएको पनि उनले बताए।

तर मिडियाले सरकार बनेको भोलिपल्टदेखि चीनमा गयो सरकार गइहाल्यो, भारत गयो सरकार गैहाल्यो भन्ने किन हुन्छ भन्ने प्रश्न पनि गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad