ad ad

गण्डकी


आरुपाटा पहिरो: ३ घाइतेलाई हेलिकप्टरमा काठमाडौँ पठाइयो, ४ बेपत्ताको खोजी जारी

आरुपाटा पहिरो: ३ घाइतेलाई हेलिकप्टरमा काठमाडौँ पठाइयो, ४ बेपत्ताको खोजी जारी

घटनास्थल


नेपालखबर
साउन २३, २०८१ बुधबार ११:८, पोखरा

बागलुङको बडिगाड गाउँपालिका-१०, आरुपाटामा गएको पहिरोमा परी घाइते भएका तीनजनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको छ।

सोही क्षेत्रबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने उपसभामुख बिनाकुमारी थापाका अनुसार गम्भीर घाइते १९ वर्षीया रिमा पुन,२१ वर्षीया सीता थापा र ४६ वर्षकी संगीता बुढालाई बिहान साढे ९ बजेतिर नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ लगिएको हो।

बाँकी घाइतेहरूलाई भने बुर्तिबाङको अस्पताल लैजाँदै गरिएको र केही अहिलेसम्म पनि बाटोमै भएको उनले जानकारी दिइन्।

घटनापछि आरुपाटा पुगेकी थापाका अनुसार बर्खाका कारण बाटो बिग्रिएकाले मूलबाटोसम्म घाइतेहरूलाई बोकेरै लगिएको छ भने त्यहाँबाट बल्ल गाडी चढाएर उपचारका लागि अस्पताल पठाइएको हो।

उनका अनुसार पहिरोमा हराएका ४ जनाको पनि खोजी जारी छ।

नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीय अहिले पनि उद्धार जुटिरहेका छन्। 

मंगलबार आएको पहिरोले स्थानीय जोगबहादुर बुढाको घर पुरिँदा ८ जनाको मृत्यु भएको छ भने ४ जना पहिरोमा हराइरहेका छन्।

घटनामा परी ९ जना घाइते भएको उनले बताइन्।

मंगलबार बिहान बडिगाड ९ को बलघाँसमा खसेको पहिरोमा परी १५ वर्षीय विधान परियार र २४ वर्षीया गंगा बस्नेतको मृत्यु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .