ad ad

गण्डकी


तनहुँमा पहिरोमा परी ३ जना बेपत्ता

तनहुँमा पहिरोमा परी ३ जना बेपत्ता

नेपालखबर
असार २२, २०८१ शनिबार १९:०, दमौली (तनहुँ)

शुक्लागण्डकी नगरपालिका–७ काउरेमा पहिरोमा परेर आज ३ जना बेपत्ता भएका छन्। 

शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आज दिउँसो गएको पहिरामा परेर स्थानीय तीनजना बेपत्ता भएको तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बेपत्ता हुनेमा स्थानीय ४० वर्षीय हीरा नेपाली, ३७ वर्षीया अनिषा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारी रहेको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए।

पहिरामा परेर बेपत्ता भएकाको खोजी भइरहेको उनले जानकारी दिए। नेपाली सेना, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा बेपत्ता भएकाको खोजी भइरहेको उनले बताए। 

ढुंगा लागेर एकको मृत्यु

ऋषिङ गाउँपालिका–१ झापुटारमा ढुंगा लागेर आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ऋषिङ गाउँपालिका–१ मालिंगा ५० वर्षीय कृष्णबहादुर पुलामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

ढुंगा खस्दा टाउको र पेटमा चोट लागी घाइते भएका उनको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .