ad ad

गण्डकी


पोखरा महानगरपालिकामा अख्तियारको छापा

पोखरा महानगरपालिकामा अख्तियारको छापा

नेपालखबर
असार १८, २०८१ मंगलबार १६:५५, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पोखरा महानगरको कार्यालयमा मंगलबार दिउँसो छापा मारेको छ।

विशेष गरी महानगरले मनिपाल शिक्षण अस्पताललाई दिएको करोडौं कर छुटको बिषयमा उजुरी परेपछि अख्तियारले छापा मारेको हो।

अख्तियारले अनुसन्धानका लागि महानगरका कागजात नियन्त्रणमा लिएको छ।

मनिपाललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेकाले अनुसन्धानका लागि कागजात नियन्त्रणमा लिइएको अख्तियार अनुसन्धान पोखराका प्रवक्ता जगदिशचन्द्र सिवाकोटीले बताए।

अख्तियारले कार्यपालिका बैठकको निर्णय, राजस्वसम्बन्धी निर्णय, राजस्व परामर्श समितिको निर्णय, नक्सापासलगायत मनिपालसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .