ad ad

कारोबार


माइडिया ब्रान्डका चिम्नी, ग्यास हब र कुकटप नेपाली बजारमा

माइडिया ब्रान्डका चिम्नी, ग्यास हब र कुकटप नेपाली बजारमा

नेपालखबर
असार १८, २०८१ मंगलबार १६:५८, काठमाडौँ

अप्लाइन्स उत्पादक माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले दुई नयाँ मोडलका चिम्नी, ग्यास हब र कुकटप नेपाली बजारमा भित्र्याएको छ। 

नयाँ उत्पादनहरूले भान्सालाई आधुनिक र सुविधाजनक बनाउनमा महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको दाबी छ। 

सीजी इलेक्ट्रोनिक्सले ल्याएको चिम्नीहरू अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनका साथ उपलब्ध छन् । मोडेल ९०एम२१ टी, ९०  सेमि टी-शेप्ड कुकर हुड, ३ फिल्टर र ५ लेयरको बाफल टेक्नोलोजी, टच कन्ट्रोल प्यानल, १२००एमक्यु/घण्टाको सक्सन पावर र १ एलईडी लाइट्स (थ्रि डब्लु) ऊर्जा-दक्ष छन्। 

म्याट ब्ल्याक पेन्टेड बडीले यसलाई आकर्षक बनाएको छ। अर्को मोडेल, ९०भी११, ९० सेमि कर्भ्ड कुकर हुड, अटो हिट क्लीन, फिल्टरलेस टेक्नोलोजी, मोसन सेन्सर कन्ट्रोल, १५००एमक्यु/घण्टाको सक्सन पावर र २ एलईडी लाइट्स (थ्रि डब्लु) ऊर्जा-दक्ष छन्। ब्ल्याक पेन्टेड बडी र पारदर्शी टेम्पर्ड ग्लासले यसलाई आकर्षक बनाएको छ।

त्यसैगरी ग्यास हबहरू उच्च गुणस्तरीय सामग्री र प्रविधिको उपयोग गर्दै निर्माण गरिएका छन्। मोडेल ७५जीटी५०३, ३ बर्नर ग्यास हब, ८ एमएम ब्ल्याक टेम्पर्ड ग्लास प्यानल, फ्रन्ट कन्ट्रोल पोजिसन, ३ मेकानिकल मेटल नब्स, इलेक्ट्रोनिक इग्निसन, ३ ब्रास लिड बर्नरहरू एलुमिनियम स्प्रेडरसहित छन्। ४.५ केडब्लुX२ ट्रिपल रिंग र १.७५ केडब्लु x १ डुअल रिंग समावेश छन्।

मोडेल ८० जीएफ ५०३, ४ बर्नर ग्यास होब, ८ एमएम ब्ल्याक टेम्पर्ड ग्लास प्यानल, फ्रन्ट कन्ट्रोल पोजिसन, ४ मेकानिकल मेटल नब्स, इलेक्ट्रोनिक इग्निसन, ३ ब्रास लिड बर्नरहरू एलुमिनियम स्प्रेडरसहित छन्। यसमा ४.५ केडब्लु x १ ट्रिपल रिंग, २.५ केडब्लु x१ मिनी ट्रिपल रिंग, १.७५ केडब्लु x २ डुअल रिंग  समावेश छन्।

यसैगरी माइडिया ब्रान्डका स्टोभहरू बलियो र टिकाउ बनावटका साथ उपलब्ध रहेको कम्पनीले जनाएको छ। मोडेल टी२११जी, २ बर्नर ग्यास कुकटप, ब्ल्याक टेम्पर्ड ग्लास, एनामेल प्यान सपोर्टसहित एलपीजी ग्यास स्रोतमा आधारित छ। यसमा ४.७ केडब्लु x २ फ्लेम रिङ छ।

मोडेल टी२११एसएस, २ बर्नर ग्यास कुकटप, स्टेनलेस स्टीलको आकर्षक बडी, एनामेल प्यान सपोर्टसहित एलपीजी ग्यास स्रोतमा आधारित छ। यसमा ४.७ केडब्लु×२ फ्लेम रिङ छ। दुवै मोडेलमा सीई स्ट्यान्डर्डअनुसार फ्रन्ट कन्ट्रोल र पाईजोइलेक्ट्रिक इग्निसन प्रणाली समावेश छ।

माइडिया ब्रान्डका वासिङ मेसिन, वासरड्रायर, रेफ्रिजेरेटर, डिशवाशर, माइक्रोवेभ ओभन, एयर फ्रायर, भ्याकुम क्लिनर, वाटर  डिस्पेन्सर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा ग्राहकहरूबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन्।

शक्तिशाली क्षमता र असाधारण कार्यक्षमताको लागि माइडिया ब्रान्ड नेपाली बजारमा परिचित छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .