ad ad

गण्डकी


गण्डकीमा मुख्यमन्त्री पाण्डेसँगै विन्दु र टकराजले लिए शपथ

गण्डकीमा मुख्यमन्त्री पाण्डेसँगै विन्दु र टकराजले लिए शपथ

नेपालखबर
जेठ १६, २०८१ बुधबार १७:५९, पोखरा

गण्डकी प्रदेशमा दुई मन्त्रीले शपथ लिएका छन्।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सपथ ग्रहण गरेसँगै विन्दु कुमार थापा र डा. टकराज गुरुङ मन्त्री बनेका हुन्।

मुख्यमन्त्री पाण्डे बुधबार मुख्यमन्त्रीमा नियुक्तसँगै शपथ ग्रहण गरेपछि पूर्व कानुनमन्त्री कास्कीका थापाले सामाजिक विकास, उर्जा तथा जलस्रोत मन्त्रालय र लमजुङका गुरुङले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन्।

सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा १६८ (३) अनुसार बुधबार मुख्यमन्त्री नियुक्त भएका पाण्डेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथग्रहण गराएका हुन्।

थापा र गुरुङले बुधबार नै सपथ ग्रहण गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .