ad ad

गण्डकी


पोखराका मसाज सेन्टरबाट ५ बालिकाको उद्दार

पोखराका मसाज सेन्टरबाट ५ बालिकाको उद्दार

नेपालखबर
जेठ २, २०८१ बुधबार २०:१५, पोखरा

कास्की प्रहरीले पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा स्पा (मसाज सेन्टर) बाट ५ जना बालिकाहरुको उद्दार गरेको छ।  

मसाज सेन्टरमा नाबालिकाहरूलाई यौनधन्दामा लगाइने गरेको उजुरीपछि बुधबार कास्की प्रहरीले पोखरा महानगरपालिका सामाजिक महाशाखा र शक्ति समूह नेपालसहित ५ वटा मसाज सेन्टरको अनुगमन गरेको थियो।

अनुगमनको क्रममा सेन्टर प्वाइन्ट नामक स्पाबाट २, हिमालय स्पा, प्यारामाउन्ट स्पा र न्यूभिजन स्पाबाट एक–एक जना गरी ५ जना १८ वर्षभन्दा तलका बालिकाको उद्दार गरिएको कास्की प्रहरीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए।

अनुगमन गरिएको अर्को एक स्पामा भने बालिका नरहेको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .