गण्डकी


पोखरा महानगरमा घुस प्रकरण: उषाकिरणपछि अर्का इन्जिनियर शिवराज पक्राउ

पोखरा महानगरमा घुस प्रकरण: उषाकिरणपछि अर्का इन्जिनियर शिवराज पक्राउ

नेपालखबर
बैशाख ५, २०८१ बुधबार ९:५५, पोखरा

घुस प्रकरणमा पोखरा महानगरपालिकाका अर्का इन्जिनियर पनि पक्राउ परेका छन्।

घर सम्पन्नको प्रमाणपत्र दिने क्रममा पोखरा महानगरपालिकाका सबइन्जिनियर उषाकिरण रोकाया पक्राउपछि अनुसन्धान तीव्र बनाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्सा शाखाकै अर्का इन्जिनियर शिवराज बराल पक्राउ परेका हुन्।

उषाकिरण गएको चैत २८ गते सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए।

सो प्रकरणमा गोदार कन्सल्टेन्सीका सुरज कुँवर पनि पक्राउ परेका थिए भने गहिरिएर अनुसन्धान गर्ने क्रममा बराल पनि  संलग्न भेटिएको अख्तियारका पोखरा प्रवक्ता जगदीश शिवाकोटीले जनाए।

बराललाई थप अनुसन्धानका लागि अख्तियारको केन्द्रीय कार्यालय पठाइएको छ।

नक्सा पास गर्ने क्रममा इन्जिनियरसहितको गिरोहले पटकपटक घुस लिएको भेटिएको अख्तियारको जिकिर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .