ad ad

गण्डकी


जग्गा बेचेर सूर्यदर्शनमा रकम जम्मा गरेका पीडितको काजकिरिया गर्न चन्दा संकलन

जग्गा बेचेर सूर्यदर्शनमा रकम जम्मा गरेका पीडितको काजकिरिया गर्न चन्दा संकलन

किरिया बसेको ठाउँमा राखिएको वीरबहादुरको तस्वीर। सौजन्य : किरण श्रेष्ठ


नेपालखबर
पुस १५, २०८० आइतबार २१:७, पोखरा

सूर्यदर्शन सहकारीमा रकम डुबेपछि विक्षिप्त र रोगी बनेका एक पीडितले ज्यान गुमाउँदा उनको परिवारलाई काजकिरिया उम्काउन पनि सकस परेको छ।

लमजुङको श्रीभन्ज्याङ स्थायी घर भइ पोखराको घारीपाटनमा बस्दै आएका ६० वर्षीय वीरबहादुर मगरको यही पुस १३ गते निधन भएको हो। निधनपछि उनको परिवारलाई काजकिरिया उम्काउन धौ–धौ भएको हो। सूर्यदर्शन सहकारीमा वीरबहादुरकामे २३ लाख रुपैयाँ फसको सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले जानकारी दिए।

वीरबहादुर पोखरामा गाडी चलाउँथे। लामो समय गाडी चलाएका उनले जम्माजम्मी २३ लाख रुपैयाँजति बचाएका थिए। बचेको पैसाबाट उनले पोखराकै लेखनाथको शिशुवामा घडेरी किने। 

‘सुरुमा जग्गा बेच्नुहोस् र सहकारीमा राख्नुहोस्,महिनैपिच्छे पेन्सनजस्तै ब्याज आउँछ भनेर सूर्यदर्शनका कर्मचारीले लोभ्याएछन्,दाइले जग्गा बेचेर सहकारीमा पैसा राख्नुभएछ, केही महिना ब्याज पनि आएछ तर त्यसपछि आउनै छाड्यो,’किरणले भने,‘सहकारी नै संकटमा परेपछि उहाँ आफ्नो जीवनभरको कमाइ फिर्ता गराउन संघर्षका कार्यक्रममा सरिक हुनुभयो, काठमाडौं पनि जानुभयो, पैसा फसेपछि उहाँमा रोग देखियो। प्रेसर बढ्यो, चिन्ता नै चिन्ताले रोग निम्त्याउँदा उहाँ गल्नुभयो। उहाँलाई पुस १२ गते अस्पताल भर्ना गरिएको थियो। १३ गते त गइहाल्नुभयो।’

वीरबहादुरको परिवार भाडाको कोठामा बस्छन्। दुई वर्षदेखि कोठा भाडा तिर्न सकेका छैनन्। श्रीमतीसहितको ३ जनाको परिवारमा आम्दानीको अर्को स्रोत छैन। काजकिरिया बस्दा चाहिने खर्च नै नभएपछि संघर्ष समितिले नै संकलन गरेर ९ हजार ९ हजार ७५ रुपैंंया भेटीस्वरुप प्रदान गरिएको किरणले बताए।

‘भाउजूका आँखा ओभाना छैनन्, किरिया उम्काउने पैसा छैन, सूर्यदर्शनले मान्छे त लग्यो नै बाँच्नेलाई पनि साह्रै रुवायो, अन्तिम संस्कार पनि भाडाकै घरमा गरिएको छ, अब परिवारले के गर्ने टुंगो छैन,’किरणले भने।

सूर्यदर्शन त्यही सहकारी हो, जसबाट गोर्खा मिडिया प्रालिको नाममा ग्यालेक्सी फोरके टेलिभिजनमा लगानी गरिएको थियो। सहकारीका अध्यक्ष गीतेन्द्रबाबु राई सो टेलिभिजनका पनि अध्यक्ष थिए। हालका सांसद रवि लामिछाने एकसमय यो टेलिभिजनका हर्ताकर्ता थिए।

सूर्यदर्शनले पोखराबाट मात्र बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ अपचलन गरेको पोखरा महानगरपालिकाले गरेको छानबिन समितिको निष्कर्ष छ। सहकारीका बचतकर्ताले आफ्नो बचत रकम फिर्ताको लागि सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि गुहारेका थिए। तर, उनीहरुको रकम फिर्ता भएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .