गण्डकी


पोखराका दुई रणनीतिक सडकमा विश्व बैंकको सहयोग

पोखराका दुई रणनीतिक सडकमा विश्व बैंकको सहयोग

नेपालखबर
पुस १२, २०८० बिहिबार २१:४८, पोखरा

 विश्व बैंकको आर्थिक सहयोगमा पोखरा महानगरमा दुईवटा रणनीतिक महत्वका सडक निर्माण हुने भएको छ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका अनुसार १२.४४ किलोमिटर लामो दोबिल्ला –पुँडीटार तथा ४.१४ किलोमिटर लामो सिसुवा–सिसाघाट सडक निर्माण हुने भएको हो।यी दुवै सडकले पोखराको उत्तरपूर्वी वडाहरुको कायापलट गर्ने उनले बताए।

४.१४ किलोमिटर लामो सिसुवा–सिसाघाट सडकको लागि ३५ करोडको ठेक्का आह्वान गरिएको छ। आउँदो अंग्रेजी वर्ष २०२४ को अप्रिल २९ तारिखसम्म ठेकेदारले बोलपत्र पेश गर्न सक्ने सूचनामा उल्लेख छ । यो सडक ग्रामीण सडकको मापदण्ड अनुसार अस्फाल्ट प्रविधिमा निर्माण गरिने छ।

यस्तै १२.४४ किलोमिटर लामो अर्को सडक दोबिल्ला–बागमारा–तिक्लाङ–भद्रकोट–लामगादी–चप्लाङ–उपल्लो पुँडीटार–तल्लो पुँडीटार–जिगाटे,तगारेगौंडासम्मको हुनेछ। डबल स्टान्र्डर्डमा बन्ने यो सडकको लागि आउँदो अंग्रेजी वर्षको १२ फ्रेबुअरीसम्म बोलपत्र बुझाउने समयसीमा तोकिएको छ।

विश्व बैंकले अर्वान गभरमेन्स एण्ड इन्फास्ट्रक्चर प्रोजेक्ट (एनयुजीआइपी) परियोजनाअन्तर्गत यी सडक निर्माणको लागि आर्थिक सहयोग उपलब्ध गराएको मेयर आचार्यले बताए।

निर्माणाधीन तालचोक–बेगनासताल सडकपछि विश्व बैंकले यो सडकको लागि करिब ३ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने पनि मेयर आचार्यको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad