गण्डकी


अझै पूरा भएन उज्यालो गण्डकी अभियान

सफल बनाउन कार्यकारी निर्देशकसँग घिसिङसँग गुहार
अझै पूरा भएन उज्यालो गण्डकी अभियान

नेपालखबर
असार २२, २०८० शुक्रबार १९:४१, काठमाडौँ

गण्डकी सरकारले ‘उज्यालो प्रदेश’ अभियानलाई सघाउन नेपाल विद्युत प्राधिकरण गुहारेको छ।

संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २०७४ सालमै एक वर्षभित्र गण्डकीका सबै घरमा उज्यालो पु¥याउने घोषणा गरे पनि त्यसले सार्थकता पाउन सकेको छैन। हालसम्म गण्डकीका ९९।५ घरमा मात्र उज्यालो पुगेको छ। 

पछिल्लो जनगणना अनुसार गण्डकीमा ६ लाख ६१ हजार ६३२ घरधुरी रहेको छ। तीमध्ये बिजुली प्रयोग गर्ने ६ लाख ४५ हजार ७८० जना रहेका छन्। 

मट्टितेल प्रयोग गर्ने १ हजार ५०५,बायो ग्यास १०५ र अन्य माध्यमबाट उज्यालोको जोहो गर्ने १ हजार ६०९ घर परिवार रहेका छन्। 

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग सो आग्रह गरेका हुन्। लघु जलविद्युत र शौर्य उर्जाबाट विद्युतीकरण भएका क्षेत्रमा राष्ट्रिय प्रशारण लाइन बिस्तार गर्नुपर्ने उनको माग थियो।

मुख्यमन्त्रीले बुढीगण्डकी जलविद्युत परियोजनाबारे पनि चासो राखेका थिए।

प्रत्युत्तरमा कार्यकारी निर्देशक घिसिङले उज्यालो गण्डकी प्रदेश कार्यक्रमलाई सहयोग पुग्ने गरी सव स्टेशनहरु निर्माण, ग्रिड लाइन बिस्तारको काम अघि बढिरहेको बताए। उनले बुढीगण्डकी छिटो निर्माण हुनुपर्ने भए पनि त्यसो हुन नसकेको स्वीकारे।

जंगल क्षेत्रमा रुख काट्ने अनुमति ढिला हुँदा लाइन विस्तारमा जटिल समस्या देखिएको निर्देशक घिसिङले बताए।

पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको गभर्निङ बडीको बैठकमा सहभागिता जनाउने क्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पोखरामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .