ad ad

गण्डकी


गण्डकीका मुख्यमन्त्री पाण्डेले साइत हेरेर शपथ लिने

गण्डकीका मुख्यमन्त्री पाण्डेले साइत हेरेर शपथ लिने

नेपालखबर
बैशाख १४, २०८० बिहिबार १६:१७, पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भोलि (शुक्रबार) मात्र शपथ लिने भएका छन्। बिहीबार मुख्यमन्त्री नियुक्त भएका पाण्डेले शुक्रबार शपथ लिने कार्यक्रम तय भएको हो।

पाण्डेले शुक्रबार साइत हेरेर मात्र शपथ ग्रहण गर्न लागेका हुन्।

प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री दाबी पेस गरेलगत्तै उनलाई आजै मुख्यमन्त्री नियुक्त गरिएको थियो।

धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि प्रदेशप्रमुखबाट भएको आह्वान अनुसार पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरिएको हो। 

कांग्रेस, माओवादी र एकीकृत समाजवादीका प्रदेशसभा सदस्‍यहरूको  हस्ताक्षरसहित पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेस गरेका हुन्। 

कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङको हस्ताक्षरसहित सुरेन्द्रलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .