गण्डकी


पोखराको न्यूरोडमा नगर बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

पोखराको न्यूरोडमा नगर बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

नेपालखबर
चैत १७, २०७९ शुक्रबार २०:४५, पोखरा

पोखरा ९ न्यूरोडमा ओभरटेक गर्ने क्रममा नगर क्षेत्रमा चल्ने माइक्रो बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।

शुक्रबार दिउँसो बीपी चोकबाट सभागृहचोकतर्फ आउँदै गर्दा ग १ ज ४५४० नम्बरको सानो माइक्रोले अर्को सार्वजनिक बसलाई उछिन्ने क्रममा सोही दिशातर्फ जाँदै गरेको ग ५ प ९४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालक ४५ वर्षीय सूर्य थकालीको उपचारको क्रममा मृत्यु भएको हो। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता शिवप्रसाद पाठकका अनुसार चालकको लापरवाहीका कारण दुर्घटना भएको हो।

‘घटनाको अध्ययन गर्दा चालकको पूर्ण लापरवाही देखिएको छ। पछाडिबाट स्कुटरलाई ठक्कर दिएको देखिएको छ’,उनले भने,‘दुर्घटनामा लोकल बसको संलग्नता बढी देखिएको छ। चालकहरुले लापरवाही तवरले बस चलाउँदा दुर्घटना भएको देखिन्छ।’

जनचेतामुलक कार्यक्रम चलाएपनि चालकको लापरवाही नघट्नु दुखद् भएको उनले सुनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad