चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा प्रभु अधिकारी चयन भएका छन्। संघको पाचौं अधिवेशनबाट उनी अध्यक्ष बनेका हुन्।
सर्वसम्मत चयन गरिएको कार्यसमिति उपाध्यक्षमा अर्पण तिवारी, सचिवमा सन्तोष बस्याल, सहसचिवमा शंकर तिवारी र कोषाध्यक्षमा सुरक्षा श्रेष्ठ रहेको पूर्वअध्यक्ष रेम विकले जानकारी दिए।
यस्तै सदस्यहरुमा सुरेश सुनार, विनिता सुनार, एलीजा क्षेत्री, राकेश गुरुङ, सुदीप पौडेल, सिद्धार्थ गौतम, प्रेम थापा र गौरव त्रिपाठी रहेका छन्।
अधिवेशनले केन्द्रीय प्रतिनिधिमा आशिष पुरी र सुशान्त घिमिरेलाई चयन गरेको छ।
183
Shares

प्रतिक्रिया