ad ad

गण्डकी


गण्डकी मन्त्रिपरिषदले पायो पूर्णता

गण्डकी मन्त्रिपरिषदले पायो पूर्णता

नेपालखबर
माघ १०, २०७९ मंगलबार १९:२८, काठमाडौँ

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन्। 

सात सदस्यीय मन्त्रिमण्डल बनाउने घोषणा गरेका अधिकारीले आज सत्तारुढ दलहरुको सहमतिमा मन्त्रिपरिषद विस्तार गरेका हुन्। 

साथै उनले मन्त्रीहरुको कार्यविभाजन समेत गरेका छन्।

विस्तारित मन्त्रिपरिषदमा मुख्यमन्त्री खगराज अधिकारी– मुख्यमन्त्री तथा मन्त्रिपरिषद्, हरिबहादुर चुमान–भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, सीता कुमारी सुन्दास–आर्थिक मामिला, पञ्चराम गुरुङ– सामाजिक विकास तथा स्वास्थ्य, रोशन बहादुर गाहा– आन्तरिक मामिला तथा कानून, वेद बहादुर गुरुङ– कृषि, उर्जा तथा जलस्रोत र रेशम बहादुर जुग्जाली–उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रहेका छन्।

गत पुस २५ गते मुख्यमन्त्री खगराज अधिकारीसहित तीन बिनाविभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका थिए। 

बिनाविभागीय मन्त्रीको हैसियतामा माओवादी केन्द्रका हरिबहादुर चुमान, नेकपा (एमाले)बाट सीताकुमारी सुन्दास र राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङ रहेका थिए।

आज उनीहरुको समेत सबै मन्त्रीको कार्यविभाजन गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .