गण्डकी


पुस ६ गतेदेखि पोखरामा नेपाल लिटरेचर फेस्टिभल

पुस ६ गतेदेखि पोखरामा नेपाल लिटरेचर फेस्टिभल

नेपालखबर
पुस २, २०७९ शनिबार १८:३५, काठमाडौँ

नेपाल लिटरचेर फेस्टिभलको दशौं संस्करण यही पुस ६ देखि ११ गतेसम्म पोखरामा नेपाल लिटरेचर फेस्टिभलको १० औं संस्करण आयोजना हुने भएको छ।

बुकर्व फाउण्डेसन फेवाताल किनारमा हुने फेस्टिभलको आयोजक हो भने फेस्टिभलको प्रवर्दकमा पोखरा महानगरपालिका र सहयोगी संस्थाका रुपमा पोखरा प्रज्ञा प्रतिष्ठान रहेको छ।

फेस्टिभलमा देशविदेशका करिब दुई सय साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वको उपस्थिति रहने आयोजक संस्था बुकवर्मका निर्देशक निरज भारीले जानकारी दिए। उनका अनुसार फेस्टिभलमा ५० भन्दा बढी सेसन, सांगीतिक साँझ र थप रोचक सामग्री समावेश गरिनेछन् । 

फेस्टिभलमा सन् २०२२ का बुकर पुरस्कार विजेता श्रीलङ्काली लेखक सेहान करुणातिलका, लेखक एवम् पत्रकार अक्षय मुकुल, सह प्राध्यापक एवम् लेखक सुकेतु मेहता, लेखक एवम् फिल्म निर्माता सवा करिम खान, लेखक श्रेयना भट्टाचार्यलगायत अन्तर्राष्ट्रिय चर्चित व्यक्तित्वहरूको सहभागिता हुँदैछ।

साथमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा, सिके राउत, गभर्नर महाप्रसाद अधिकारी, डा. भगवान कोइराला, मास्टरसेफ सन्तोष साह, पत्रकार एवम् लेखक विजय कुमार, लेखक सम्राट उपाध्याय, लेखक बुद्धिसागर, सुविन भट्टराई, संगीतकर्मी रज्जित गजमेर, अभिनेत्री स्वस्तिमा खड्का, पत्रकार रमा सिंह, गायिका कुमा लिम्बूलगायत पनि फेस्टिभलको केन्द्रमा रहने छन्। यस वर्ष फरक क्षमता भई अब्बल रहेको व्यक्तित्वहरु, दार्चुला, गोरखा मनाङका स्थानीय जनप्रतिनीधिहरुको पनि उपस्थिती रहनेछ।

फेस्टिभलमा हरेक दिन सांगीतिक प्रस्तुति रहेका छन्। फेस्टिभलको पूर्व सन्ध्यामा कवि नवराज पराजुली र उज्ज्वल सागरको प्रस्तुती रहेको छ फेस्टिभलको पहिलोदिन गोपाल योन्जनको सम्झनामा गोपालय सांगीतिक प्रस्तुती रहेको गोपालय गीतकार, गायक तथा संगीतकार गोपाल योन्जनको स्वगारोहणकी २५ वर्षमा उहाँप्रति फेस्टिभलको सम्मान हो यस्तै गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आधुनिक संगीतमा १०० वर्ष, अनिल शाही र उनको समूहको विशेष साङ्गीतिक प्रस्तुति र रैथानको प्रस्तुती रहेको छ फेस्टिभलको अन्तिम दिन प्रदीप रोदनको महफिल रहनेछ।

शब्दशक्ति उत्सवको एक दशक नारा रहेको दशौं संस्करणको फेस्टिभलको उद्घाटन सत्रमा अर्थशास्त्री एवं काठमाडौ विश्वविद्यालयका रजिस्ट्रार अच्युत वाग्लेको विद्वत्प्रवचन रहनेछ। उनले ’नेपाल २०९० शीर्षकमा प्रवचन दिने कार्यक्रम छ। पत्रकार सम्मेलनमा फेस्टिभलका सह–निर्देशक सुजाता खत्री, आयोजक संस्थाका सदस्य भरत कोइराला, केशवशरण तथा विकास मगरले पनि आफ्नो भनाई राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .