ad ad

गण्डकी


रक्सी खाएपछि मतदान अधिकृत निलम्बन, प्रहरीले पक्रियो

रक्सी खाएपछि मतदान अधिकृत निलम्बन, प्रहरीले पक्रियो

फाइल तस्बिर


नेपालखबर
मंसिर २, २०७९ शुक्रबार ६:५३, नवलपरासी

नवलपरासी पश्चिममा रक्सी खाएपछि मतदान अधिकृत निलम्बनमा परेका छन्। यही मङ्सिर ४ गते हुन गइरहको निर्वाचनका लागि मतदान अधिकृतको जिम्मेवारी प्राप्त गरेका पाल्हिनन्दन गाउँपालिका पशु शाखामा कार्यरत ५६ वर्षीय पृथ्वीराज चौधरीलाई मतदान अधिकृतबाट निलम्बन गरिएको हो। उनलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ। 

नवलपरासी पश्चिम  सुनवल नगरपालिका–११, स्थित वाक्वाणी माध्यमिक विद्यालय सेमराहना मतदानस्थलमा मतदान अधिकृतको रुपमा खटिएका उनले बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन सामग्री बुझ्ने समयमा मुख्य निर्वाचन अधिकृतसँग अस्वाभाविक व्यवहार देखाई विवाद गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो। 

नियन्त्रणमा लिई प्रहरीले स्वास्थ्य परीक्षण गराउँदा निजले मादक पदार्थ पिएको पाइएकोले नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताए। 

सो मतदान स्थलमा वैकल्पिक मतदान अधिकृत नियुक्ति गरी पठाइएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए। नियन्त्रणमा लिइएका मतदान अधिकृतलाई निर्वाचन आचारसंहिताले व्यवस्था गरेको सजायअनुसारको कारबाही हुने उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .