तनहुँको देवघाट गाउँपालिका–५ स्थित वेणी सङ्गममा कालीगण्डकी नदीले बगाएर बेपत्ता भएका दुई जना अझै फेला पर्न सकेका छैनन्।
साउन २७ गते शुक्रबार र ३१ गते मङ्गलबार कालीगण्डकी नदीले बगाएर बेपत्ता दुई जना फेला नपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
गत शुक्रबार बेपत्ता भएका दोलखाको वैतेश्वर गाउँपालिका–३ बस्ने ७६ वर्षीय जङ्गबहादुर खड्का र मङ्गलबार बेपत्ता भएका रसियन नागरिक २९ वर्षीय पिटर रुजिन फेला नपरेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। दुवै जनाको खोजी जारी रहेको उनले बताए।
पाँच जना साथीसहित नेपाल घुम्न आएका रसियन नागरिक रुजिन देवघाटमा स्नान गर्ने क्रममा बेपत्ता भएका हुन्। ‘दुवै जनाको खोजीकार्य जारी राखेका छौँ, फेला पार्न सकेका छैनौँ’, प्रहरी नायब उपरीक्षक खड्काले भने। रासस
183
Shares

प्रतिक्रिया