गण्डकी


स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

नेपालखबर
असार ३२, २०७९ शनिबार १६:३२, तनहुँ

तनहुँको व्यास नगरपालिका–११ मा स्कुल बसले र मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।

सोही वडामा रहेको माया युनिभर्सल एकेडेमी स्कुलको बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार युवाको मृत्यु भएको हो। 

मृत्यु हुनेमा सोही वडाको बेल्टारी बस्ने २३ वर्षीय विक्रम सुनार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक २२ वर्षीय सुजन सुनार घाइते भएको प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा घाइतेको दमौलीस्थित अस्पतालमा उपचार भइरहेको छ । 

घाँसी कुवाबाट फराकचौरतर्फ जाँदै गरेको ग १ क २६८३ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको ग १५ प ६५०४ नंको मोटरसाइकल एकापसमा ठोक्किएको थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .