गण्डकी


चट्याङले विद्युतगृहमा क्षति हुँदा ३७६ घरधुरीमा बिजुली बन्द

चट्याङले विद्युतगृहमा क्षति हुँदा ३७६ घरधुरीमा बिजुली बन्द

प्रतिकात्मक तस्बिर


नेपालखबर
असार २२, २०७९ बुधबार ११:७, गलेश्वर

पश्चिम म्याग्दीका मालिका गाउँपालिका–४ च्युरीबोटस्थित ३० किलोवाट क्षमताको विद्युतगृहमा चट्याङले ठूलो क्षति पुर्यायाएको छ। 

सोमबार राति परेको चट्याङले च्युरीबोटस्थित दाजुङखोला लघुजलविद्युगृहमा क्षति पुर्याएको लघुजलविद्युत् सहकारी संस्था लिमिटेडका अध्यक्ष नन्दबहादुर घर्तीमगरले जानकारी दिए। 

चट्याङले रु ४ लाख ५५ हजार बराबरको क्षति भएको छ। जेनेरेटरमा क्षति भएपछि विद्युत् सेवा बन्द भएको छ। तीस किलोवाट क्षमताको सो लघुजलविद्युत् परियोजना बन्द हुँदा च्युरीबोट, ओखरबोट, महभिर छाप, खतेनलगायत गाउँका ३७६ घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन्।

बगरफाँटमा बाढी पहिराको त्रास
म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँ बाढी र पहिराको उच्च जोखिममा परेको छ। माथिबाट पहिरो खस्ने र नदीले तीव्र कटान गर्न थालेपछि गाउँ नै जोखिममा परेको हो।

विसं २०५७ देखि म्याग्दी नदीले बगरफाँटमा कटान गरिरहेको छ। बगरफाँटमा २१४ परिवारको बसोबास छ। म्याग्दी नदीको कटान नियन्त्रणका लागि बर्सेनि नदी किनारमा ग्याबियन जाली भर्ने गरिए पनि दिगो हुनसकेको छैन। बगरफाँटको १५० रोपनीभन्दा बढी खेतीयोग्य जमिन बाढीले बगाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad