ad ad

रोचक


चीनमा ‘स्टारफिस’ आकारको विशाल विमानस्थल सञ्चालनमा

चीनमा ‘स्टारफिस’ आकारको विशाल विमानस्थल सञ्चालनमा

नेपालखबर
असोज ८, २०७६ बुधबार ११:४४,

चीनको ७० औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा बेइजिङमा ११ अर्ब डलर खर्च गरेर बनाइएको विशाल अन्तर्राष्ट्रिय विमानस्थल डासिङ विमानस्थल सञ्चालनमा आएको बीबीसीले जनाएको छ।

चीनका राष्ट्रपति सि चिनफिङले बेइजिङस्थित डाशिङ अन्तर्राष्ट्रिय विमानस्थलको बुधबार औपचारिक उद्घाटन गरेका छन्।

उक्त विमानस्थल सात लाख वर्गमिटर क्षेत्रमा फैलिएको चाइना डेलीले जनाएको छ। अर्थात् विमानस्थल ९८ वटा फुटबल मैदानजत्रै ठूलो छ।

चीनको विमानस्थल परिषद्का अनुसार चीनमा विमानहरूको चाप बढेकाले नयाँ विमानस्थलको आवश्यकता भएको हो।

डाशिङ विमानस्थल

डाशिङ विमानस्थलमा एउटै भवनमा संसारकै सबैभन्दा ठूलो टर्मिनल भएको बताइन्छ। सन् २०२५ भित्र १७ करोड यात्रुहरू उक्त विमानस्थल हुँदै बेइजिङ आउने अपेक्षा गरिएको छ।

नयाँ विमानस्थलबाट बुधवारदेखि सातवटा आन्तरिक विमानसेवाले उडान सुरु गर्ने ग्लोबल टाइम्सले जनाएको छ।

ब्रिटिश एअरवेज, क्याथे प्यासिफिक, फिनएअर र अन्य अन्तर्रा्ष्ट्रिय विमानसेवाले पनि डाशिङमा आफ्नो विमान चलाउने घोषणा गरिसकेका छन्।

डाशिङ विमानस्थल आकाशबाट यस्तो देखिन्छ

यो नयाँ विमानस्थलको नमुना प्रसिद्ध वास्तुकार जाहा हादिदले बनाएका हुन्।

यो विमानस्थल सञ्चालनमा आएपछि बेइजिङमा पनि न्यूयोर्क र लन्डनमा जस्तै दुईवटा ठूला अन्तर्राष्ट्रिय विमानस्थल भएका छन्।

डाशिङ विमानस्थल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .