इद अल अजहाको अरबी भाषामा अर्थ हुन्छ ‘बलिदानको पर्व’। मुसलमानको यस पवित्र पर्वलाई त्याग र बलिदानको रुपमा मनाइन्छ।
मुसलमान धर्म मान्नेहरुले आजको दिनमा केही न केही बलि चढाउँछन्। मुसलमान धर्मग्रन्थअनुसार पगेम्बर इब्राहिमले हल्लाहको आदेशमा आफ्ना छोरालाई बलिदान दिएका थिए।
वर्तमान विश्वमा आफ्ना सन्तानलाई कसैले बलि दिँदैनन्। तयसैले मानिसहरु बाख्रा, खसीलाई अल्लाहको नाममा बलि चढाउने गर्दछन्।
अल्लाहको नाममा बलि चढाउनु पर्ने भएपछि धेरै बाख्रा तथा खसीहरु बेचबिखनका लागि बजारमा राख्ने गरिन्छ।
भारतमा यसै सिलसिलामा एक बाख्रा बेच्न राखिएको थियो। रोचक विषय के भने त्यस बाख्राको नाम सलमान खान राखिएको थियो।
सलमान खान भारतको सुपरस्टार हुन्। बाख्राको नाम सलमान खान भएपछि यसले भारतमा लोकप्रियता पायो। उक्त बाख्राको मूल्य ८ लाख भारु तोरिएको थियो।
उत्तर प्रदेशको गोरखपुरमा त्यस बाख्रा बेच्न राखिएको थियो। सलमान खान यतिबेला ८ लाखमा विक्रि भएको बताइएको छ।
एएनआइका अनुसार उक्त बाख्राका मालिकले आफ्ना बाख्रा सलमान खान जत्तिकै ह्यान्डस्म र बलियो भएको बताएका थिए। त्यस बाख्रा ९५ देखि सय केजीको भएको बताइएको छ।
प्रतिक्रिया