कारोबार


एनआईसी एसिया बैंक र उपाय सर्भिसेस लिमिटेडबीच सम्झौता

एनआईसी एसिया बैंक र उपाय सर्भिसेस लिमिटेडबीच सम्झौता

नेपालखबर
साउन २७, २०७६ सोमबार ८:४,

एनआईसी एसिया बैंक लिमिटेड र उपाय सर्भिसेस लिमिटेडबीच उपायले प्रदान गर्ने व्यावसायिक परामर्श सेवामा छुटसम्बन्धी सम्झौता भएको छ।

उक्त सम्झौताअनुसार उपायले प्रदान गर्ने सेवाहरुमा एनआईसी एसिया बैंकका ग्राहकले डिजिटल च्यानलहरुमार्फत भुक्तानी गर्दा २० प्रतिशत छुट प्रदान गरिने बैंकले जनाएको छ। सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र उपाय सर्भिसेस लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष सुमन रायमाझीले हस्ताक्षर गरे।

उपाय सर्भिसेज लिमिटेड कानुन, वित्त व्यवस्थापन र प्रविधिको क्षेत्रमा अनुभव बटुलेका व्यावसायिक व्यक्तिहरुद्वारा प्रवद्र्घित तथा सञ्चालित एक डिजिटल प्ल्याटफर्म हो। कम्पनीले सेवाग्राहीहरुलाई विभिन्न सार्वजनिक सेवा तथा त्यससँग सम्बन्धित अन्य कार्यहरु सरल, गुणस्तरीय र पारदर्शी तरिकाले सम्पन्न गर्न मद्दत गर्दछ ।

कम्पनीका सेवाग्राही तथा ग्राहकहरुले नयाँ कम्पनी दर्ता, वार्षिक विवरण दाखिला, लेखासँग सम्बन्धित सेवाहरु, करसँग सम्बन्धित कागजात तयार लगायतका सुविधा प्राप्त गर्न सक्ने बताइएको छ। यसैगरी कम्पनीले बैंकका कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि एनएफआरएसको मापदण्ड अनुसार वित्तीय विवरण तयार, अपग्रेड, ऋण मूल्यांकन प्रक्रियासम्बन्धी तालिमसमेत प्रदान गर्ने सम्झौता भएको छ।

बैंकको मुलुकभर २ सय ९५ शाखा कार्यालय, ३ सय २१ एटीएम, ५७ वटा एक्सटेन्सन काउन्टर र ४१ वटा शाखारहित बैंकिङ सेवा रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad