कारोबार


रिलायन्स लाइफ र खल्ती वालेटबीच सम्झौता

रिलायन्स लाइफ र खल्ती वालेटबीच सम्झौता

नेपालखबर
साउन २७, २०७६ सोमबार ७:५५,

रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड र खल्ती डिजिटल वालेटबीच डिजिटल माध्यममार्फत बीमा शुल्क भुक्तानी सुविधा उपलब्ध गराउन सम्झौता सम्पन्न भएको छ।

सम्झौतापछि रिलायन्स लाईफ इन्स्योरेन्सका ग्राहकले अब आफ्नो मोबाईलमा रहेको खल्ती एपमार्फत सिधै बीमा शुल्क भुक्तानी गर्न सक्नेछन्। ग्राहकले आफ्नो बीमा शुल्क खल्ती वालेटमा भएको ब्यालेन्स अथवा इन्टरनेट बैंकिङ र मोबाईल बैंकिङ मार्फत सहजै बुझाउन सक्नेछन्।

उक्त सम्झौताको बारेमा बोल्दै रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले सम्झौताले बीमा सेवालाई नै पुनः परिभाषित गरेको जानकारी दिए। उनले भने, ‘खल्तीसँग यस प्रकारको सहकार्य गरी बीमा शुल्कको डिजिटल भुक्तानी सेवा सुरु गर्न पाउँदा हामी उत्साहित छौँ । अब रिलायन्स लाईफ इन्स्योरेन्सका ग्राहकहरुले खल्ती एप प्रयोग गरेर आफ्नो मोबाइलबाट सिधै बीमा शुल्क तिर्न सक्नुहुन्छ ।’

डिजिटल माध्यमबाट यसरी बीमा शुल्क तिर्दा ग्राहकहरुको सजिलै अन्लाईन रेकर्ड रहने हुँदा अनियमितता रोक्न पनि मद्दत पुर्याउने विश्वास गरिएको छ। त्यस्तै, खल्ती मार्फत जीवन बीमाको भुक्तानी सेवा सुचारु गर्न लागेको अवसरमा खल्तीका प्रवन्ध निर्देशक मनिष मोदीले रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडसँग यो सम्झौता गर्न पाउँदा उत्साहित भएको बताए ।

उनले भने, ‘अब रिलायन्स लाइफ इन्स्योरेन्सका ग्राहकहरुले आफ्नो बीमा शुल्क भुक्तानी गर्न इन्स्योरेन्स कम्पनीको अफिस वा बैंक धाइराख्नु पर्दैन ।’ नगद पैसाविनाको सरल भुक्तानीको यो एउटा सुरुवात भएको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .