संसारमा द्विलिङ्गी वा उभयलिङ्गी चराहरू दुर्लभ हुन्छन्।
अमेरिकाको पेन्सिल्भेनियामा पंक्षीविद् जेमी हिलले त्यस्तै दुर्लभ आधा पोथी र आधा भालेजस्तो देखिने एउटा चराको तस्बिर खिचेका हुन्।
उनकी एक साथीले नोर्दन कार्डिनल भनिने उक्त चरा देखा परेको बताएपछि पक्षीविद् जेमी हिलले क्यामरामा उक्त चराको तस्बिर लिएका थिए।
खासमा भाले कार्डिनलहरू चम्किलो रातो रङ्गका हुन्छन् भने पोथीहरू फिक्का खैरो रङ्गका हुन्छन्।

तर हाल देखिएको चराको रङ मिश्रित छ। यी रङ्गको मिश्रणले चरा द्विलिङ्गी भएको सङ्केत गर्न सक्छ।
अवकाशप्राप्त पक्षीविज्ञ जेमी हिलले बीबीसीलाई भनेका छन्,‘यो जीवनकालमै एउटा र लाखौँ साक्षात्कारमध्येको एउटा थियो।’
यस्तै आधा भाले र आधा पोथीको रूप भएका चराहरू भेटिनु निकै दुर्लभ घटना भएको वेस्ट्रर्न इलनोई विश्वविद्यालयका प्राध्यापक ब्रायन पीयर बताउँछन्।
शुक्रकीटले डिम्बलाई निषेचन गरेपछि भ्रूण बन्न कोषहरू विभाजन हुने क्रममा त्रुटि हुँदा यस्तो अवस्था आउने उनी बताउँछन्।
Posted by Jamie Hill on Sunday, February 21, 2021I have been birding for 48 years and yesterday (20 February 2021) I had a once-in-a-lifetime, one in a million bird...

प्रतिक्रिया