अमेरिकाको वासिङ्टनमा हालै रमाइलो फोटो सेसन चलिरहेको थियो। तर रमाइलोको लागि अयोजना गरिएको उक्त कार्यक्रम दुखद तवरले अन्त्य भयो।
जेमी बिसकेग्लियाले समेत उक्त कार्यक्रममा भाग लएकी थिइन्। सबैले आफ्नै आफ्नै तवरमा रमाइला फोटोहरु खिचाइरहेका थिए।
जेमीले भने रमाइलो फोटो सेसनमा अरुभन्दा भिन्न हुनका लागि अगल ढंगबाट फोटो खिच्ने नयाँ तरिका अपनाइन्।
उनले समुन्द्री जीव अक्टोपस आफ्नो अनुहारमा राखेर फोटो खिचेकी थिइन्। उनले फोटो खिचाउन त सफल भइन् तर उनलाई अक्टोपसले घाइते बनायो।
अक्टोपस उनको अनुहारमा टाँसिएपछि उनी घाइते भएकी हुन्। घाइते भएकी उनी अस्पताल नै भर्ना भइन्।
अक्टोपस टाँसिदा उनको अनुहारबाट रगत नै निस्किएको बताइएको छ। ती महिलाले अक्टोपस अनुहारमा राखेको र त्यहीबेला टाँसिएको भन्दै फोटो पोस्ट गरेकी छन्। एजेन्सी
View this post on InstagramA post shared by Jamie Bisceglia (@south_sound_salmon_queen) on
प्रतिक्रिया