ad ad

कला


जम्मु–कस्मिरबारे बोलिन् मलाला युसुफजाई

जम्मु–कस्मिरबारे बोलिन् मलाला युसुफजाई

नेपालखबर
साउन २३, २०७६ बिहिबार १०:४२,

जम्मु–कस्मिरमा धारा ३७० हटाएको विषयलाई लिएर पाकिस्तानमा विरोधको आवाज उठिरहेको छ। देशमा चलिरहेको यो हलचलका बीच पाकिस्तानी नोबेल शान्ति पुरस्कार बिजेता मलाला युसुफजाईले आफ्नो धारणा सार्वजनिक गरेकी छन्।

उनले भनेकी छन्, ‘कस्मिरका मानिस यो संघर्षमा तबदेखि बाँचिरहेका छन्, जब म बच्ची थिएँ, जब मेरा आमा–बुबा बच्चा थिए र मेरा हजुरबा–हजुरआमा जवान थिए।’

उनले आफू कस्मिरका महिला र बच्चाको जीवनप्रति चिन्तित रहेको बताएकी छन्। साथै उनले कस्मिरको शान्तिका लागि अन्तर्राष्ट्रिय समुदायसामू अपिलसमेत गरेकी छन्।

सामाजिक सञ्जार ट्विटरमा उनले गरेको यस ट्विटमा हजारौँ मानिसले प्रतिक्रिया दिइरहेका छन्। साथै, उनले कस्मिर र पाकिस्तानी जनताका लागि शान्तिको कामनासमेत गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .