ad ad

रोचक


जब कोरोना परीक्षणका लागि संकलन गरेको स्वाब बाँदरले खोसेर खाइदियो (भिडियो)

जब कोरोना परीक्षणका लागि संकलन गरेको स्वाब बाँदरले खोसेर खाइदियो (भिडियो)

नेपालखबर
जेठ १६, २०७७ शुक्रबार १०:२७,

भारतको उत्तर प्रदेशको मेरठ शहरमा कोरोना परीक्षणका लागि संकलन गरेको नमूना बाँदरहरुको एक समूहले खोसेर भागेको छ।

भारतीय सञ्चार माध्मयहरुका अनुसार शंकास्पद व्यक्तिहरुबाट संकलन गरिएको नमूना प्रयोगशालातर्फ लैजाँदै गर्दा बाँदरले ल्याब टेक्निसियन आक्रमण गरेको जनाएको छ। संकलन गरिएकामध्ये तीन वटा नमूना बाँदरले लगेको थियो।

मेरठ मेडिकल कलेजको परिसरमा ल्याब टेक्निनियनलाई आक्रमण गर्दै बाँदरको सो समूहले नमूना आफूसँगै लगेको थियो।

सो घटनापछि स्थानीय बासिन्दा कोरोना भाइरस फैलिने भन्दै त्रसित बनेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। त्यो नमूनालाई बाँदरले चुस्दै गरेको दृश्य भारतीय टेलिजिभनहरुले प्रशारण गरेका छन्।

यसअघि पनि बाँदरहरुले सो मेकिडल कलेजमा दुःख दिने गरेका थिए। सो अस्पतालमा कोरोना भाइरसबाट संक्रमित बिरामीहरुको उपचार गराइने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .